गिरिजाप्रसाद कोइरालाको १३ स्मृती दिवस गत बर्ष २०७९ साल चैत्र ७ गते र यसवर्ष २०८० साल असार १८ गते १०० औ जन्मजयन्तीका अवसरमा खाद्यान्न तथा नगद सहयोग

१५ पुस, इटहरी । 

रामजानकी शान्ति बृद्धाश्रम पकली सुनसरी को २५ औँ स्थापना दिवस सम्पन्न भएको छ । संस्थाको २५ औ स्थापना दिवसका अवसरमा आश्रमलाई नेपाली राजनीतिका शिखर पुरुष  गिरिजाप्रसाद कोइरालाको १३ स्मृती दिवस गत बर्ष २०७९ साल चैत्र ७ गते र यसवर्ष २०८० साल असार १८ गते १०० औ जन्मजयन्तीका अवसरमा खाद्यान्न तथा नगद सहित सहयोग गरिएको गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरीका जिल्ला संयोजक समेत रहेका  कोशी प्रदेश समिति सदस्य केशव भट्टराईले नेपालवहशलाई बताएका छन् ।उक्त अवसरमा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शतबार्षिकी मनाउने क्रममा जीपी फाउन्डेसनले सुनसरीको पकली स्थित शान्ति बृद्धाश्रममा पुगेर स्वास्थ सिबिर सञ्चालन गर्नुका साथै बृक्षारोपण कार्यक्रम समेत गरेको भट्टराईले बताएका छन् ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आश्रममै आएर गरेको यसप्रकारको सहयोगले हामीलाई थप हौसला र जिम्मेवार बन्न हौसला प्रदान गरेको रामजानकी शान्ति बृद्ध आस्रमका अध्यक्ष श्री ठगेन्द्र प्रसाद आचार्यले बताएका छन् । आचार्यले देशले गिरिजाबाबुको त्याग, संघर्ष र समर्पणबाट धेरै कुरा सिक्न बाँकी रहेको समेत बताएका छन् ।उक्त अवसरमा आश्रमका संरक्षक श्री बिद्या प्रसाद आचार्यज्युको हातबाट गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरी जिल्ला शाखालाई प्रसंशापत्र समेत प्रदान गरिएको फाउन्डेसनका सुनसरी जिल्ला संयोजक केशव भट्टराईले नेपालवहशलाई बताएका हुन ।कार्यक्रममा प्रतिष्ठानको सह्रानिय कार्यप्रति फाउन्डेसनका सुनसरी जिल्ला संयोजक केशव भट्टराईले शान्ति बृद्धाश्रम पकली सुनसरीलाई धन्यवाद प्रदान गरेका थिए ।

Scroll to Top