गरिजा बाबु को १०० जन्म जयन्तिको अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन दोलखा द्वारा बिबिध कार्यक्रम आयोजना।

लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष युग पुरुष स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित शारीरिक अशक्त भएका व्यक्तिहरु र अभिभावक विहिन बालबालिकाहरु लाई खेलकुद तथा शैक्षिक सामाग्री , ईलेकट्रिक जग र तातोपानि राख्ने थर्मस लगाएतका सामाग्रीहरु नेपाल तरुण दलका केन्द्रीय सदस्य एबं जि.पि. कोईराला फाउन्डेसन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको विशेष पहलमा समाज सेवी शारदा उप्रेती घिमिरेको विशेष सहयोगमा शारीरिक अशक्त भएका ३० जना लाई प्रति ब्यक्ति १ थान इलेक्ट्रिक जग १थान थर्मस, बितरण गर्नुका साथै गौरीशङ्कर बालगृहका २२ जना विद्यार्थीहरुलाई ईलेक्टिक जग तथा थर्मस, शैक्षिक सामाग्री र आमाको मायाको छात्राबासका ९ जना विद्यार्थीहरू लाई ईलेकट्रिक जग थर्मस , स्टेसनरी शैक्षिक तथा खेलकुदका सामग्रीहरू वितरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा , पत्रकार माहासंघ दोलखाकोअध्यक्ष दिप शंकर चौलागाईं , दोलखाको बरिष्ठ पत्रकार चरिन्जिबि मास्के , बैतेश्वर गाउपालिका उपमेयर कल्पना उप्रेती , नेपाली कांग्रेस दोलखाको माहाधिबेसन प्रतिनिधि गिता सिवाकोटी र बिपि स्टडी सर्कल दोलखाको अध्यक्ष राजेश उप्रेती लगाएतको विशेष उपस्थितिमा र जिपि कोईराला फाउन्डेसन दोलखाको अध्यक्ष एबं नेपाल तरुणदल केन्द्रीय सदस्य राकेश श्रेष्ठको सापतित्वमा कार्यक्रम सम्पन्न भयो।

Scroll to Top