कोरोना माहामारिले  नेपाली कलाकारको भबिष्य र कलाकारिता क्षेत्र   लाई पुर्याएको असर तथा  समाधानको उपाय !

 

 

कोरोना माहामारिले  नेपाली कलाकारको भबिष्य र कलाकारिता क्षेत्र   लाई पुर्याएको असर तथा  समाधानको उपाय !

कोरोना माहामारी मा नेपाली  कलाकारिता  क्षेत्र  लाई पुर्याएको असर तथा  कलाकारको भबिष्य  र  समाधानको उपाय के हुन सक्छ भन्ने बिषयमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन बाट आयोजना गरिएको विचार बहस कार्यक्रममा उपस्थित कलाकारिता क्षेत्रको विभिन्न विधामा क्रियासिल रहनुभएको साथिहरुसंग अन्तरक्रिया गर्न पाउदा मलाई धेरै खुसि लागेको छ। कलाकारहरु भन्ने बित्तिकै कुनै पनि देशलाई चिनाउने राष्ट्र कै  गहना तथा सम्पत्ति रुपमा लिने गरिन्छ तसर्थ यहाहरु संग यो कार्यक्रम मार्फत जोडिन पाउदा आज मलाइ के लागेको छ भने हामि हरु यस क्षेत्रका समस्या तथा समाधानका उपाय तथा कोविड पछाडी कसरि यो क्षेत्रलाइ अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा यहाहरुको विचार सुन्ने अवसर हामि पाउने छौ र  एउटा गहन छलफल बाट एउटा निस्कर्ष निकाल्न सकियोस भन्ने लागेको छ।

 

अहिले विश्व नै कोविड महामारीको चपेटामा परेको छ। यो महामारीले मानब  स्वास्थ्यमा मा त  गम्भीर क्षति पुर्यायो नै त्यो संगसंगै हाम्रो आर्थिक क्षेत्र , सामाजिक क्रियाकलाप , शैक्षिक गतिबिधि लगायत सबै क्षेत्र प्रभावित भएको छ।  त्यसमा सांस्कृतिक तथा कलाकारिता क्षेत्र  पनि नराम्रो संग प्रभावित भएको छ।  कुनै पनि देशलाइ चिनाउने विभिन्न माध्यम हरु छन् तिनीहरु मध्ये कला, संस्कृति, रहनसहन, ऐतिहासिक सम्पदाहरुको भूमिका महत्वपुर्ण हुन्छ र तिनीहरुलाई प्रचार प्रसार गर्ने भनेको कलाकारिता  नै हो।

तर बिगत लामो समय देखि जारि भएको लक्-डाउनले गर्दा हाम्रा यी सांस्कृतिक चहलहपलहरु ठप्प भएका छन्। सिनेमा हल हरु बन्द छन् फलस्वरुप रिलिजको तयारीमा रहेका धेरै चलचित्रको प्रदर्सन रोकिएको छ जसले गर्दा ठुलो लगानी गरेर निर्माण भएका सिनेमाका निर्माताहरु, कलाकारहरु तथा सिनेमा हाल संचालकहरु लाइ आर्थिक रुपमा ठुलो क्षेति भएको छ।

नया सिनेमाको निर्माण तथा टेलिसिरियल तथा अन्य सानो पर्दाका कार्यक्रमहरुको सुटिंग लगायतका कामहरु रोकिएका छन जसले गर्दा त्यहाँ आश्रित कलाकार र दैनिक रुपमा पारिश्रमिक लिएर काम गर्ने प्राबिधिक तथा अन्य ब्यबस्थापनमा जोडिएका धेरैको रोजीरोटि नै संकटमा परेको छ।

 

पछिल्लो समय विभिन्न जिल्लाहरुको स्थानीय परिचय झल्काउने  सांस्कृतिक  महोत्सब र  व्यापारिक महोत्सबका स्टेजका  कार्यक्रमहरु आयोजना भैरहेका थिए तिनीहरुले हाम्रो स्थानीय संस्कृतिको जगेर्ना मात्र नगरेर हाम्रो आन्तरिक पर्यटन प्रबर्धनमा पनि ठुलो टेवा पुर्याएका थिए तर कोविड महामारी पछि त्यस्ता स्टेज कार्यक्रमहरु सबै ठप्प छन्।

मलाइ थाहा छ हाम्रा कलाकार साथिहरुले देश भित्र मात्र नभएर विश्वका विभिन्न ठाउहरुमा गएर विभिन्न स्टेज शो तथा लाइभ कार्यक्रमहरु गर्नु हुन्थ्यो जसले हाम्रो कला संस्कृतिलाइ अरु मुलुकमा चिनाउने काम संगै आर्थिक रुपमा पनि एउटा आयस्रोतको राम्रो माध्यम थियो तर त्यो पनि अहिले अबरुद्द भएको छ |

 

तसर्थ  यी यावत चुनौती, समस्याका बाबजुत कसरि अगाडी बढ्ने बन्ने नै अबको हाम्रो मुख्य चासोको बिषय हो। हरेक कालो बादलमा  चांदीको घेरा हुन्छ भने जस्तै अब यो महामारीका बीच  कलाकारिता क्षेत्र भित्रका अवसरहरु लाइ पहिचान गरि यो संकट बाट कसरि पुन नर्मल अवस्थामा फर्कन सकिन्छ भन्ने बिषयमा सरकार, अन्य सरोकार राख्ने निकायहरु तथा हामी सबै एउटा साझा संकल्प गरेर अगाडी जानु पर्छ जस्तो मलाई लाग्छ ।  सरकार ले यो क्षेत्रलाइ आर्थिक दुर्घटना बाट जोगाउन केहि अल्पकालीन तथा दिर्घकालिन आर्थिक अनुदान, ऋण तथा अन्य सब्सिडीज हरु को व्यवस्था गर्नु पर्दछ। कलाकार हरु राष्ट्रकै सम्पत्ति भएको हुनाले राज्यले पनि अहिलेको संकटको घडीमा केहि आर्थिक प्याकेजहरु घोसणा गरेर समग्र कला क्षेत्रलाइ जोगाउन पहल गर्नु पर्छ।

 

त्यसै गरि कलाकारिता क्षेत्रमा क्रियाशील साथीहरुले  पनि अब कोभिड पछाडी समग्र ग्लोबल अर्डर नै नया दिशामा जाने भएकोले परिबर्तित अवस्थालाइ आत्मसाथ गरि यो क्षेत्रलाइ पनि परिमार्जित गर्दै लग्नु पर्छ।  अहिले शुटिंग लगायतका भौतिक संरचना तथा अन्य कुरा हरु धेरै डिजिटलाइज भएका छन।  अहिलेको  महामारीको अवस्थामा विभिन्न ठाउँहरुमा गएर शुटिङ्गहरु गर्न कठिन छ। मलाई याद छ हलिउड मुभी द लायन किङ्ग लगायत धेरै सिनेमा पूर्ण रुपमा भर्चुअल्लि शुटिंग भएका छन् र राम्रो बक्स अफिस रेकर्ड पनि कायम गरेका छन्।  तसर्थ परिबर्तित अवस्थामा बैकल्पिक तरिकाबाट भए पनि कसरि काम गर्न सकिन्छ ति कुराहरु पहिचान गरेर अगाडी बढ्नु पर्छ जस्तो मलाइ लाग्दछ।

त्यसैगरि सोसियल डिस्टेन्स  राखेर भए पनि अब बिस्तारै सिनेमा हल हरु तथा सांस्कृतिक क्रियाकलापहरु लाइ कसरि नर्मल बनाउन सकिन्छ भन्ने बारेमा पनि योजना बनाउन ढिला भैसकेको छ। कोरोना भाइरस शुरु भएको चाइनाको उहान शहरले पनि एउटा भव्य कन्सर्ट आयोजना गरेर , सिनेमा हलहरु र अन्य सांस्कृतिक कार्यक्रमहरु लाइ सुचारु गरेर  साबधानी पुर्बक  अब हामि नर्मल जिबनमा फर्कनु पर्दछ भन्ने संदेश दिएको छ । यी सबै कुराहरु लाइ मध्यनजर गर्दै यो क्षेत्रलाइ पुनर्जिबन दिन हामी सबै एकजुट भएर पहल गरौ भन्दै मेरो आफ्नो सानो भनाइ यहि अन्त्य गर्न चाहन्छु।

 

धन्यवाद  जयनेपाल  नमस्कार।

 

Scroll to Top