कोरोना उपचारमा खटिनेको तलबभत्ता वृद्धि गर्न जिपि फाउन्डेसनको माग

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपि फाउन्डेसन) ले पुर्व बिशिस्ट तथा राष्ट्रपति, उप-राष्ट्रपति , प्रधानमन्त्री लगायतको पारिश्रमिक ४० प्रतिशत कटौती गर्न माग गरेको छ ।  आज शुक्रबार  बाग्मति प्रदेश संयोजक श्री रीता खनालको अध्यक्षतामा जि पि फाउण्डेशन बाग्मति प्रदेशले भिडियो कन्फ्रेन्स मार्फत १३ जिल्लाका संयोजकसंग प्रविधि मिटिङ्ग गरी यस्तो निर्णय गरेको हो ।

आजको भिडियो कन्फ्रेन्स मार्फत गरेको बैठकले कोरोनाको उपचारमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलबभत्ता शतप्रतिशत वृद्धि गर्न सरकार सँग माग गर्ने निर्णय  गरिएको  फाउन्डेसन सिन्धुपाल्चोकका संयोजक थइन्द्र रिजालले जानकारी दिए । आजको बैठकका अन्य निर्णयहरु यश प्रकार रहेको रिजालले जानकारी दिएका हुन ।

१- यस प्रदेश भित्रका फाउण्डेशनका सबै तहका सदस्यहरूको बस्तुस्थिति बुझ्ने काम गरियो र सबै साथिहरूलाई सुरक्षित रहेर समाजसेवामा आफ्नो योग्दान जारी राख्नका लागि निर्देशन दिने निर्णय गरियो ।
२- सरकारले दिने राहत सामग्री न्यायोचित वितरण र न्युन आय भएका श्रमजीविहरू सम्म पुगे नपुगेको निगरानी राख्न अझैपनि जरूरी भएकाले आ-आफ्नो कार्यक्षेत्रमा सक्रियता पूर्वक क्रियाशिल रहन निर्देशन दिने निर्णय गरियो ।
३- देश यस्तो विषम परिस्थितिसंग जुधी राखेको बेला भ्रष्टचारमा लुप्त नेता, कर्मचारी र कालो बजारी गर्ने व्यवसायिलाई कडा भन्दा कडा करवाही गर्नका लागि सम्बन्धित निकायलाई खबरदारी गर्ने निर्णय गरियो ।
४- कोरोना भाइरसको महामारीसंग जुध्नका लागि आवाश्यक पर्ने अर्थको व्यबस्थापन राज्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट, प्रदेश र संघिय सांसदको, संसद विकास कोषको बजेट रकमान्तर गर्नुका साथै स्थानिय निकाय देखि संघिय सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति र पूर्व विशिष्ट सम्मको तलब भत्ता र सुविधाबाट कम्तिमा 40% कटौति गरेर व्यबस्था गर्न अनुरोध गर्ने निर्णय गरियो ।
५- कोरोनाको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई आवाश्यक व्यक्तिगत सुरक्षा सामाग्रीका साथै स्वास्थ्यकर्मी र सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न तलब भत्तामा शतप्रतिशत वृद्धी गर्नका लागि जोडदार माग गर्ने निर्णय गरियो ।
६- कोरोना कहरको विश्व महामारी सकिएपछि स्वदेश तथा विदेशमा समेत रोजगारी गुम्ने , काम नपाउने, भोकमारी बढ्ने भएकाले त्यस तर्फ सरकार अहिले देखि नै सचेत र चनाखो हुॅदै समस्यासंग जुध्नका लागि विशेष योजना ल्याउने तयारीमा लाग्न अनुरोध गर्ने निर्णय गरियो ।
७- यस बागमती प्रदेशका जि पि फाउण्डेशनका साथिहरूले विपतिमा गरिएको मानविय सहयोगलाई प्रचारमुखि नबनाई सक्रियता पूर्वक सहयोगी हात अगाडी बढाई मानविय सत्कर्ममा निरन्तर जुटेकोमा यस समितिले धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।

Scroll to Top