श्रीप्रसादलाई जीपी फाउन्डेसनको सहयोग

कमल , वैशाख १७ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन झापाले अस्वस्थ अवस्थामा रहेका एक व्यक्तिलाई राहत उपलब्ध गराएको छ ।

फाउन्डेसनले झापा कमल गाउँपालिका —१ धाधर गाउँका श्रीप्रसाद राईलाई राहत उपलब्ध गराएको हो । राई एक वर्ष अघिदेखि कुष्ठ र क्षयरोगले थलिएका व्यक्ति हुन् । कोरोना संक्रमणको त्रासका कारण जारी बन्दाबन्दीको बेला खाना खान असहज नहोस् भनेर राहत उपलब्ध गराइएको फाउन्डेसनका अध्यक्ष बुद्धिराज न्यौपानेले जानकारी दिए । राईलाई २५ केजी चामल,एक लिटर तेल,एक किलो दाल उपलब्ध गराएको न्यौपानेले बताए । नेपाली कांग्रेस साविक तोपगाछी गाउँ सभापतिसमेत रहेका न्यौपानेले कमल — १ का वडाध्यक्ष केदार कट्वाललाई आग्रह गरेर वडा कार्यालयबाट नगद पाँच हजार समेत उपलब्ध गराएका छन् ।

सवारी साधनको प्रबन्ध गरी राईलाई स्थानीय स्वास्थ्य चौकी पुर्याइ स्वास्थ्य परीक्षणसमेत गराइएको संयोजक न्यौपानेले बताए ।
राईलाई कुष्ठरोग विशेषज्ञ डाक्टर पर्शुराम पोखरेलले घरमै आएर उपचार गर्ने आश्वासन दिएको फाउन्डेसनका सचिव महेन्द्र भट्टराईले जनाए । आफूहरुको आग्रहपछि डाक्टर पोखरेलले त्यस्तो आश्वासन दिएको भट्टराईले बताए ।

Sharing is caring!

Scroll to Top