ललितपुर । गिरिजा प्रसाद कोइराला फाउण्डेसनले ललितपुरको धापाखेल स्थित मानवसेवा आश्रमलाई सहयोग गरेको छ। फाउण्डेसनको जिल्ला कार्य समिति ललितपुरका संयोजक सुमन गजुरेलले मानवसेवा आश्रममा रहेका वृद्धवृद्धालाई खानपानको प्रबन्ध मिलाउन सहयोग हस्तान्तरण गरे ।
आफ्नो जन्मदिनको अवसरमा उनले सहयोग गरेका हुन् । उनले सामाजिक कार्य र समाजसेवाका लागि नै गिरिजा प्रसाद कोइराला फाउण्डेसन स्थापना भएकाले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित नेपाल तरुण दलका केन्द्रिय सदस्य सानुबाबु महर्जनले ललितपुर जिल्ला कार्य समितिका संयोजक सुमन गजुरेल समाजप्रति समर्पित युवा भएकाले आगामी दिन थप सामाजिक कार्य गर्न आग्रह गरे ।
कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेसन ललितपुरका सचिव पुरुषोत्तम बस्नेत, सदस्य रेनु रानामगर, समाजसेवी चन्दा मगर लगायतकाको उपस्थिती थियो । उनीहरुले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउने काममा पनि सहयोग गरेका थिए ।