मोरङ : रबर खेती मार्फत किसानको जिबनस्तर उच्च गराइ एग्रो टुरिजमको माध्यमबाट रास्ट्रलाइ नै समृद्धि तर्फ उन्मुख गराउने उदेश्यले जिपि कोइराला फाउन्डेसनले एग्रो टुरिजम रबर जोन कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी र झापा जिल्लामा रबर प्लान्टको खेती गरिरहेका अगुवा किसानको गठन भएको छ ।
गिरिजा प्रसाद कोईराला एग्रो टुरिजम रबर जोन मोरङ जिल्लाको अध्यक्षमा सलिम अन्सारी नियुक्त भएका छन् । बुधबार नेपाली कांग्रेस नेतृ तथा जी.पी कोइराला फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले आधिकारिकरुपमा फाउण्डेसनको पत्र हस्तान्तरण गरेकी छन् ।
कार्यक्रमम नेतृ कोइरालाले समग्र किसानलाई लाभान्वित गर्ने कार्यक्रममा जोड दिनुपर्ने बताइन ।
समाजसेवी छवी बनाएका अन्सारी कांग्रेसको राजनितिमा समेत सक्रिय भएका छन् । फाउण्डेसनको आधिकारिक पत्र पाए संगै अन्सारीले एग्रो टुरिजममा बिशेष गरी सक्रिय रहने बताएका छन् ।
“प्रत्येक किसानको घरमा एकहल गोरु र लैनोगाई” भन्न्ने नाराका साथ बिपिको आदर्शलाई कार्यान्बित गर्न सुजाता कोइरालाले किसानसग गाउँगाउँमा जाने तयारी गरिएको बताइन ।
जिपि फाउन्डेसन प्रदेश एक मिडिया संयोजक तथा ओसिन मिडिया नेटवर्कका अध्यक्ष एबं नागरिक टिभीका कार्यकारी सम्पादक रेबती रमण खनालसंग टेलिफोन बार्तामा कार्यक्रमको बिषयमा जानकारी दिइन ।
नेतृ कोइराला हिजो दिउँसो आइपुगेकी थिइन भने आज नै काठमाडौ फर्किने र लामो समययका लागि छिट्टै समय मिलाएर आउने बताइन ।