हामीहरु अहिले १४ औ महाधिबेशनको संघारमा छौ। दोस्रो जनआन्दोलनको सफलता पछि सातराजनीतिक दल र माओबादीको सहमतिको दस्ताबेजको रुपमा गिरिजाबाबुको नेतृत्वमा अन्तरिम संबिधान जारी भयो जसले महिला, जनजाति, दलित, मधेशी, लगायत सबै क्षेत्रको समाबेशी रुपमा राज्यका निकायहरुमा सहभागिता सुनिस्चितता गर्यो। संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै हरेक तहमा महिलाको नेतृत्व र सहभागिता संबिधानले नै सुरक्षित गरिदिएको हो। पछि संबिधान सभा मार्फत निर्माण भएको नया संबिधानले ति अधिकारहरु लाइ संस्थागत गरेको हो।
फलस्वरूप अहिले राज्यका प्रमुख निकाय हरुमा महिला हरुको सशक्त उपस्थिति छ। राजनीतिक नेतृत्व, संबैधानिक अंगहरुमा प्रतिनिधित्व, प्रदेश, नगर तथा गाउपलिका, एबम कर्मचारी प्रशासनमा पनि महिलाको भूमिका र प्रतिनिधित्व बढिरहेको छ।
रास्ट्रपति/ उपरास्ट्रपति, सभामुख/उपसभामुख, पालिका प्रमुख/उपप्रमुख हरुमा एक जना महिला हुने पर्ने व्यवस्थाले महिला नेतृत्व सुनिस्चित गरेको हो। तर मलाई के लाग्छ भने अबको हाम्रो लक्ष्य हरेक निकायमा कम्तिमा ५० % महिला नेतृत्वको लागि हामीहरुले पहल गर्नु पर्छ।
हाम्रो पार्टीको बिधानमा पनि मैले त्रुटीहरु भएको कुरा उठाउदै आइरहेको छु। वडा तह देखि नै महिलाहरुको प्रतिनिधित्व लाइ हाम्रो बिधानले आत्मसाथ गरेको छ। तर पनि मुख्य पदाधिकारी लगायतको पदमा महिला नेतृत्व बारे बिधानमा स्पस्ट व्यवस्था छैन। जसरि हाम्रो संबिधानले राज्यका प्रमुख अंग हरु रास्ट्रपति/ उपरास्ट्रपति, सभामुख/उपसभामुख, पालिका प्रमुख/उपप्रमुख हरुमा एक जना महिला हुने जुन व्यवस्था छ सोहि अनुरुप हाम्रो पार्टीको पनि वडा तह बाट नै सभापति वा उपसभापति मध्ये कुनै एक महिला हुनुपर्ने स्पस्ट व्यवस्था हुनु पर्छ जसले गर्दा महिला नेतृत्व हाम्रो वडा तह बाट नै तयार हुन थाल्छ र उनीहरुको नेतृत्व क्षमता पनि बढ्दै जान्छ। मैले यो बिषयमा केहि सम्बैधैनिक कानुनका जानकारहरु संग पनि छलफल गरिरहेको छु। हरेक पार्टी, संघ संस्थाहरुको आन्तरिक बिधान देशको मूल संबिधानको मर्म र भावना अनुसारको हुनुपर्छ भन्ने नै छ। तसर्थ राजनीतिक रुपमा पनि र कानुनी रुपमा पनि हामीहरुले यो मुद्दालाइ सशक्त रुपमा उठाउनु जरुरि छ।
फेरी अर्को कुरा हामीहरुले पनि चुनाबमा प्रतिस्पर्धा गर्न बाट डराउनु हुदैन। मैले के महसुस गरेको छु भने वडा वडा मै पनि प्रमुख पद हरुमा महिलाहरु लाइ चुनाब लड्न प्रेरित गरौ। अहिले पनि तल्लो तह देखि नै म नेतृत्व गर्न सक्दिन कि, चुनाब हार्छु कि भन्ने खालको मनोविज्ञान छ। मैले यहा जोड दिन खोजेको कुरा के भने राजनीति गर्छु, सामाजिक सेवा गर्छु भनेर लागि सकेपछि चुनाबमा जित्नु वा हार्नु ठुलो कुरा होइन। प्रतिस्पर्धा गर्नु नै ठुलो कुरा हो। तसर्थ मैले सम्पूर्ण महिला साथीहरुलाई के आह्वान गर्न चाहन्छु भने प्रत्येक वडा र पालिका बाट नै सभापति वा उपसभापति मा एक जना महिला सहित सके सम्म धेरै पदहरुमा महिला हरुलाइ चुनाब लड्न प्रेरित गरौ। आरक्षण तथा समानुपातिक कोटा बाट नेतृत्वमा आउने कुरा भन्दा खुला प्रतिस्पर्धा गरेर नै महिला नेतृत्वमा आउने गरि अभ्यास शुरु गरौ। आरक्षणले केहि कुरा सुनिस्चित गर्छ तर यसले अहिले द्रुत गहिहरेको समयको गति संग संगै जानको लागि र योग्य नेतृत्व विकास गर्न खुला प्रतिष्पर्धाले नै सहयोग पुर्याउछ। जसको लागि थप मिहेनत र अभ्यास गर्नु पर्ने भएकाले आफ्नो क्षमता पनि वृद्धि हुन्छ।
तसर्थ मैले सम्पूर्ण साथीहरुलाई पूर्ण आत्माबिस्वास सहित र पूर्ण तयारीका साथ पार्टीका हरेक तहको नेतृत्वका लागि चुनाबी प्रतिष्पर्धामा होमिन आह्वान गर्दछु। तपाईहरुको नेतृत्व बिकासको लागि हुने हरेक तह र तप्काका अधिबेशनहरुमा मेरो पूर्ण सहयोग रहने छ।
धन्यबाद जय नेपाल।