हामीहरु बिगत लामो समय देखि हाम्रो पार्टीलाइ कसरी पहिलाकै जस्तो सशक्त र नेतृत्वदायी भूमिकामा पुनस्थापित गर्न सकिन्छ भन्ने बहसमा केन्द्रित छौ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनले धेरै पटक विभिन्न तह र पंक्तिमा रहनु भएका पार्टीका नेता साथिहरु लगायत अन्य शुभेच्छुक साथीहरुसंग यस्ता बहस तथा अन्तरक्रिया गर्दै आइरहेको छ।
हाम्रो पार्टी जसले हिजोको गौरबशालि इतिहास बोकेको छ देशमा ठुला ठुला क्रान्तिकारी परिबर्तनको नेतृत्व गरेको थियो, देशलाई लोकतन्त्र संगै उदार आर्थिक प्रणाली मार्फत बिकासको नया युगमा प्रबेस गराएको थियो आज इतिहासकै सबभन्दा गम्भीर संकटबाट गुज्रिरहेको छ र सम्भवत सात दशकको गौरवशाली इतिहासमा हाम्रो पार्टी यति कमजोर र भूमिकाविहीन कहिल्लै भएको थिएन। आज पार्टी नीति बिहिन, दिशा बिहिन र गति बिहिन जस्तो भएको छ देशको एउटा प्रमुख लोक्तान्रिक पार्टी यसरि शिथिल हुदा पार्टीको आन्तरिक संरचना मात्र धराशाही नभएर सम्पूर्ण देश नै अधिनायकबादी बाटो मा जाने र शुसासन, विकास निर्माण लगायतका सबै काम नै सुस्त हुने सम्भावना हुन्छ। तसर्थ आज हामि सबैको मख्य चासो र चिन्ता पार्टीलाइ कसरी पुनर्ताजगी गर्ने भन्ने नै हो। त्यसको लागि पार्टी नेतृत्वको रुपान्तरण र परिबर्तन जरुरि हो वा हाम्रो नीति तथा कार्यदिशा नै परिमार्जन गर्नु पर्ने हो भन्ने कुरा मुख्य बहसका बिषय हुन्।
मलाई के लाग्छ भने हाम्रो पार्टी को मूल नीति र सिद्दान्त लाइ टेकेर ठुला ठुला क्रान्ति हरु सफल भए, धेरै परिबर्तनहरु भए, देश जहानिया राणा शासन र राजतन्त्रको निरंकुशताबाट मुक्त भयो र देशमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका स्थापना भयो। २००७ सालमा प्रजातन्त्र स्थापना, २०१५ सालमा पहिलो संसदीय निर्बाचन, २०३६ को जनमत संग्रह, २०४६ को जनआन्दोलन, ६२/६३ को दोस्रो जनआन्दोलन मार्फत देशमा शान्ति स्थापना गरि संघियता, गणतन्त्र सहितको लोकतान्त्रिक संबिधान निर्माण गर्ने काम र त्यो संगसंगै देशमा आर्थिक उदारीकरणको नीति लागु गरेर देशलाई बिकासको नया युगमा प्रबेस गराएको हाम्रो पार्टी गतिशील थियो र देशलाई नै नेतृत्व दिएको थियो किनकि त्यो बेला, बिपी कोइराला, गणेशमान जी, सुबर्ण समशेर, गिरिजाबाबु, किसुनजी, लगायतको दुरदृष्टि र योजनाले संचालित थियो।
बिपी कोइरालाले समग्र पार्टी स्थापनाबाटै पार्टी तथा देशमा परिबर्तनको लागि बृहत योगदान गर्नु भयो , गणेशमानजीले २०४६ को जनआन्दोलनको सर्बोच्च कमान्डर भएर योगदान गर्नु भयो, किशुनजीले तात्कालीन अवस्थामा संबैधानिक राजसंस्था सहित २०४८ को संविधान निर्माणको लागि नेतृत्व गर्नु भएको थियो। त्यस लगत्तै गिरिजा बाबुले आर्थिक उदारीकरणको नीति लागु गर्नु भयो र ६२/६३ को दोस्रो जनाअन्दोलन मार्फत दसक लामो गृह युद्द अन्त्य गराएर शान्ति स्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेतृत्व गर्नु भयो, शुशिल दा ले संबिधानसभा मार्फत नया संबिधानलागु गर्न नेतृत्व गर्नु भयो। यसरि हामीले हेर्दा कांग्रेसको नेतृत्व जसले पहिला गर्नु भयो उहाहरुले देशले सम्झन लायक धेरै काम गर्नु भएको थियो र जनता तथा पार्टी पंक्तिमा एउटा आशा र उत्साह भर्नु भएको थियो। एउटा कुशल नेतृत्वले जनतामा एउटा आशा र उत्साह पनि दिन सक्नु पर्दछ। तर के अहिले हामी पार्टी नेतृत्व बाट केहि आशा गर्न सक्छौ? हामी आम पार्टी पंक्ति मै रहने हरु त पार्टी नेतृत्वबाट नया आशा र उत्साह भर्ने केहि काम को महसुस गर्न सक्दैनौ भने आम नागरिकले के गर्न सक्छन ?
कम्तिमा नेतृत्वमा बस्नेले आफु नेतृत्वमा हुदा मैले यो यो काम गरे र अब यो नया योजना छ भनेर भन्न सक्नु पर्छ। के त्यस्तो केहि छ ? त्यस्तो केहि छैन न योजना, न नीति , न संगठन। तसर्थ मलाई के लाग्छ भने अब यदि पार्टीलाइ पुनर्जीवन दिने हो भने हामि सबै आ आफ्नो ठाउँबाट सबै रुपान्तरित भएर नया तरिकाले अगाडी बढ्न सक्नु पर्छ नत्र भने नेपाली कांग्रेस पार्टी फेरी प्रजा परिसद जस्तो हुने छ। तसर्थ यस्ता कमजोरी हरु बाट कम्तिमा नेतृत्वले आत्मालोचना गरि पार्टी लाइ फेरी हाम्रो पुरानै लयमा फर्काउन लाग्नु हामी सबैको जिम्मेबारी हो तसर्थ यहाँ उपस्थित सम्पूर्ण जिल्ला सभापति ज्यु हरु लगाएत पार्टीको विभिन्न तह र तप्कामा बसेर नेतृत्व गरिरहनु भएका सबै साथी हरुलाइ म के अनुरोध गर्न चाहन्छु भने पार्टीको गुमेको साख फिर्ता गर्न हामि सबै एक जुट भएर लाग्यो भने हामि फेरी तेस्तै गौरबशाली नेपाली कांग्रेस बनाउन सक्छौ र जसले पार्टीमा एउटा नया उत्साह संचार हुने छ र पार्टीले फेरी पुनार्जिबन पाउने छ।
धन्यवाद जय नेपाल