लकडाउन अवधिको विद्युत् महशुलमा जरिवाना लिएपछि जीपी कोईराला फाउन्डेशनद्वारा ज्ञापनपत्र

 

 

वीरगञ्ज, १३ असोज । विद्युत् प्राधिकरण पर्साले लकडाउन अवधिभरको बिल महशुलमा जरिवाना लिएको भन्दै गिरिजा प्रसाद (जीपी) कोईराला फाउन्डेशन पर्साले विद्युत् प्राधिकरण तथा वितरण केन्द्र पर्सामा मंगलबार विरोध जनाउँदै ज्ञापनपत्र बुझाएको छ ।

लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै स्व. गिरिजा प्रसाद कोईराला फाउन्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा फाउन्डेशन पर्साले नेपाल विद्युत् प्राधिकरण पर्साका प्रमुख शम्भु कुर्शैत यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।

लकडाउन अवधिभरको महशुलमा जरिवाना लिन नहुने फाउन्डेशनले माग गरेको छ ।

Scroll to Top