रुबीभ्यालीमा भलिबल प्रतियोगिता सम्पन्न (२७ पौष देखी ४ माघ सम्म) ।

गिरिजा प्रसाद कोइराला फाउनडेशन र थोकर समाजको संयुक्त आयोजनामा धादिङ, रुबीभ्याली गाउँपालिका, सेर्तुङमा २०७७ साल पौष २७ गते देखि माघ ४ गते सम्म (७ दिन) खनियबास, गंगाजमुना र रुबीभ्याली गरी जम्मा ३ वटा गाउँपालिकाका खेलाडी समुहहरु बीच भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भयो ।

जम्मा १८ वटा समुह समाबेसी प्रतियोगितामा रुबीभ्याली प्रथम – रु. ५७,०००, ट्रफी र प्रमाण-पत्र, दोश्रो गंगाजमुना रु.३६,०००, ट्रफी र प्रमाण-पत्र साथै तेस्रो खनियाबास रु.२६,०००, ट्रफी र प्रमाण-पत्र बितरण गरियो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकालागि खेलकुद नारा र रुबीभ्यालिमा खेल पर्यटन प्रबर्धन गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिता तेस्रो आयोजना थियो ।

 

 

Scroll to Top