जी.पी कोईराला फाउण्डेशन पर्साद्वारा राहत वितरण

बिश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको अवस्थामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले राहत वितरण गरेको छ । वीरगंज महानगर पालिकाको वडा नं १ र ३ का अति विपन्न तथा दैनिक ज्याला दारी गरि खाने तथा लकडाउनका कारण घर भित्रै बस्नु परेको कारण धेरैले आनमदनी नभएका घर परिवारलाई दैनिक उपभोग्य वस्तु चामल ७ के.जी.,आलु ३ के.जी,दाल १ के.जी.,नुन १ के.जी. ,तेल ५०० ग्राम ,गहुको पिठो २ के.जी. लगायतको समाग्री उपलब्ध गराएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताएका छन् । सधै ज्याला मज्दुरी गरि खानेलाई फाउण्डेशनले वीरगंज महानगरपालिका वडा नं १ र ३ का ६०० विपन्न परिवारलाई खाद्यन्न समाग्री उपलब्ध गराएको छ । राहत वितरणमा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिन, कोषाध्यक्ष मनोहर साह, सदस्य जितेन्द्र सिंह,धिरज गुप्ता,नगर ईकाइ समिति ३ का अध्यक्ष संदिप केवट,सुल्तान अंसारी, राजु गुप्ता, नेपाल लाईभ इन्सोरेन्सका रोशन कर्ण,नरेन्द्र चौधरी,औरंगजेब अंसारी लगायतको सहभागिता रहेको थियो।

Scroll to Top