गिरिजा बाबुको ९८ औ जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसनको ब्यबसायिक तथा उद्धमशीलता बिभाग द्वारा आयोजित ‘ उद्धमशीलता आजको आवस्यकता ‘ बिषयक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाबाट ब्यक्त मन्तब्य। ।

  • गिरिजाबाबु प्रधानमन्त्री भएपछि नै नेपालमा आर्थिक उदारीकरणको ढोका खुलेको हो ।  उहाले उदारीकरण, विश्वव्यापीकरण र निजीकरणलाई संस्थागत रूपमा लागु  गर्नुभयो र सोहि नीतिको कारणले  नै नेपालमा विकासको जग खडा भयो साथै  नेपाली अर्थवजार अरु विश्ववजारसंग जोडिन सफल भयो  । त्यसैले गिरिजाबाबुलाई नेपालका अर्थशास्त्री, व्यापारी तथा उद्यमीहरूले उदारीकरणका नायक भन्ने गरेका छन्।

 

  • आर्थिक उदारीकरणको नीति पछि बैकिङ क्षेत्रको विकास र प्रवर्धनमा उल्लेख सुधार भयो जसले गर्दा सर्वसाधारण जनताको पहुंच वित्तीय संस्थाहरुमा सहज भयो। औलामा गणना गर्न सकिने सख्यामा रहेका बैकँ तथा वित्तिय संस्थाहरु अहिले करिव सबै स्थानीय तहमा पुगेका छन । जसले मानिसहरुलाई  स्थानीय तहबाट नै  ऋण लिएर आफ्नो ब्यबसाय गर्न सहज भइरहेको छ।

 

  • सोही नीतिको कारण प्रतक्ष्य वैदेशिक लगानी भित्राउन इन्टरप्राइजेजहरुको नयाँ दर्ता उलेख्य रुपमा बढयो र निजि क्षेत्रले  पनि आफ्नो लगानीलाइ  वृद्धि गर्यो  समग्र क्षेत्रमा लगानी अनुपात वढेर कुल  GDP मा उल्लेख्य वृद्धि भयो ।  विश्व बैंकले समेत सो समयलाई गोल्डेन एज भनेको छ। आर्थिक उदारिकरणको नीति लागु भएको दोश्रो बर्षमै नयाँ ६ सय भन्दा बढी  उधोगहरु स्थापना भए जसले ९० हजार भन्दा बढी  नयाँ रोजगारीहरु श्रृजना भयो।

 

  • दुरसञ्चार क्षेत्रमा पनि ठुलो फड्को मारेको छ । दुरसञ्चार प्राधिकरण तथा अन्य नीजि सेवा प्रदायक कम्पनीहरुले प्रविधिको विकास र विस्तारमा प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको कारण यो क्षेत्रमा पनि ठुलो आर्थिक सामाजिक रुपान्तरण आएको छ र नेपालको करिव सबै गा्रमिण क्षेत्रहरु  बाकी विश्व सँग  जोडिएका छन्।

 

  • सोही नीतिकै कारण शिक्षा क्षेत्रमा पनि ठुलो रुपान्तरण भयो र शैक्षिक संस्थाहरुको स्थापना पनि द्रुत गतिमा भयो जसले गर्दा आम नेपाली आधारभुत शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भयो । त्यसै गरि उच्च शिक्षामा पनि धेरै सरकारी तथा नीजि विश्वविधालय हरु स्थापना भए । इन्जिनियरिङ तथा मेडिसिन जस्ता प्राविधिक क्याम्पसहरु स्थापना भए जसले गर्दा  देश भित्र नै दक्ष जनशक्ति उत्पादन हुन थाल्यो।
  • हरेक स्थानीय तहमा  स्वास्थ्य सेवा विस्तार भएको छ।  बिजुली, खानेपानी, बाटोघाटो प्राय सबै गाउहरुमा पुगेको छ।

 

  • देशको समग्र आर्थिक सुचकहरु सुधार हुदै थिए तर सोही दशकमा देश दुर्भाग्यवश माओवादी द्धन्दमा फस्न पुग्यो । भौतिक संरचनाहरु ध्वस्त गर्ने र विकासका पुर्वाधार निर्माणमा अवरोध गर्ने माओवादि नीतिले देशको विकास गति कम भयो । तर गिरिजा बाबुको नेतुत्वमा माओवादी लाई शान्ति वार्तामा ल्याई दशक लामो हिंसात्सक आन्दोलनको अन्त्य पछि देश पुन विकासको पथमा लम्किन थालेको छ ।

 

  • माओबादी द्वन्द चर्कदै गर्दा धेरै युवा हरु रोजगारीको लागि अरब लगायत अन्य मुलुकमा जाने क्रम बढ्यो।  अहिले रेमिटान्स हाम्रो अर्थतन्त्रको एउटा मुख्य पिलरको रुपमा रहेको छ। अल्पकालीन रुपमा रेमिटान्सले अर्थतन्त्रलाइ चलायमान गराए पनि यो दिर्घकालिन रुमपा रहिरहन सक्दैन।  दिगो बिकासको लागि देश भित्र नै उद्धमशीलता बढ्नु पर्छ।  अब ति बैदेशिक रोजगारमा रहेका युबा हरुलाई स्वदेशमा काम गर्ने बाताबरण सिर्जना गरि सोहि अनुरुप को नीति तर्जुमा गर्नु पर्दछ ।
  • कृषि, पर्यटन, हर्बल मेडिसिन, प्राकृतिक स्रोत र साधनहरु हाम्रो अर्थतन्त्रलाइ टेवा दिन सक्ने प्रमुख आधार हुन्। यिनीहरुमा बैज्ञानिक प्रबिधिको प्रयोग, आन्तरिक तथा बाह्य लगानीको वृद्धि गरि युवाहरुलाई हाम्रा यी स्रोत र साधनहरुको उपयोग गरि उद्धमशील हुन प्रेरित गर्नु नै आजको आवस्यकता हो।

 

Scroll to Top