गिरिजाप्रसाद कोइरालाको बाह्रौँ स्मृति दिवस सुर्खेतमा पनि मनाइयो

सुर्खेत- नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौँ स्मृति दिवस आज सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ। दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले वीरेन्द्रनगरमा विचार, गोष्टी कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रमका सहभागीहरुले कोइरालाको योगदानलाइ स्मरणगर्दै उनकै कारण नेपालीले शान्ति र संविधान दुबै पाएको बताएका छन् । कार्यक्रममा प्रध्यापक हरिहर बस्नेतले स्वर्गीय कोइरालाले नेपाली राजनितिमा पुर्याएको महत्वपुर्ण योगदानको चर्चागर्दै कार्यपत्र प्रस्तुत गरेका छन् । उनले स्वगर्गीय कोइराला काँग्रेसको मात्र नभएर सिंगो नेपालीको नेता हुन सफल भएको भन्दै उनको बाटो कांग्रेसले अनुसरण गर्नु पर्ने बताए। कार्यक्रममा मप विश्वविधालयका पूर्वडिन पिताम्वर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताए। उनले काँग्रेसले राष्ट्रियतालाइ आफ्नो प्रमुख नीतिकोरुपमा समावेश गरेको भन्दै अहिले नेपालका सबै राजनीति दलहरु काँग्रेसले लिएको लोकतन्त्रको नीति भित्र समावेश भइसकेको बताउए । पूर्वडिन ढकालले पाटीभित्रका सबै नेताहरु एउटै विचार र भावनाका साथ अघि बढे कोइरालाको सपना पूरा हुने जिकिर समेत गरेका छन् । यस्तै कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका सदस्य शम्भु पन्तले गिरिजाप्रसाद कोइरालाको विचार लाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले प्रजातन्त्र, लोकतन्त्र र समाजवाद देशको मेरुदण्ड भएको भन्दै यसलाइ सस्थागत गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । कार्याक्रममा नेपाली काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले गिरिजाप्रसाद कोईरालाले स्थापना गरेको सहमति, सहकार्य र एकतालाई अनुसरणगर्दै अगाडि बढ्न सकेमात्र आगामी निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताए। उनले गठबन्धनका नाममा सुर्खेत काँग्रेसका मतदाताले अन्य पाटिमा मत हाल्न नसक्ने भन्दै,पाटी भित्र एकतालाइ मजबुत बनाउन पाटी नेतृत्वलाइ आग्रह गरेका छन् । काँग्रेसले अव ईतिहासलाई भजाएर मात्रै नहुने भन्दै उनले नयाँ तरिकाले पाटी चल्नुपर्नेमा आवशयकता खट्किएको बताए । यस्तै कार्यपत्रमाथी टिप्पणीगर्दै निवर्तमान क्षेत्रिय सभापति नारायणकुमार कोइरालाले गिरिजाप्रसाद कोइरालाको नेपालमा मात्र नभएर अन्तरास्ट्रियस्तरमा समेत चर्चाहुने भएकाले उहाँलाइ दक्षिण एसियाकै शिर्ष नेताका रुपमा हेरिने गरेको उल्लेख गरेका छन् । उनले गिरीजाप्रसाद कोइरालाले टुटफुटको राजनीतिलाई अन्त्य गरि अगाडि बढ्नुपर्ने मान्यता राखेकै कारण देश अहिले यो अवस्था सम्ममा आइपुगेको जिकिर गरे । कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाइ विजय गराउन सबै एकजुट हुनुपर्नेमा जोड समेत दिएका छन् ।कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी अन्य राजनितिक दलहरु भन्दा नेपाली काँग्रेस भित्र सहमति सहर्काय र एकताको आवश्यकता रहेको उल्लेख गरे ।२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा कोइरालाको भूमिका महत्त्वपूर्ण छ। पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो। राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो। कार्यक्रम जीपी कोइराला फाउण्डेशन सुर्खेतका अध्यक्ष ललित भटराइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Scroll to Top