कोइरालाको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन

७ चैत,हेटौँडा। नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति स्मृति दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन गरिएको छ । जिपी कोइराला फाउण्डेशन मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका ४ मा रहेको भुवनेश्वर (पशुपति) मन्दिरमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सशस्त्र संघर्षरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको अग्रणी र नेतृत्वदायी भूमिका रहेको बताए। उहाले काँग्रेस शान्ति र संविधानप्रति प्रतिबद्ध रहेको भन्दै उहाँले गिरिजाप्रसाद कोइरालाको दीर्घकालीन सोचका कारण मुलुकमा शान्ति स्थापना सफल भएको चर्चा गरे। कार्यक्रममा फाउण्डेशनका मकवानपुर संयोजक नारायण लम्सालले गिरिजाप्रसाद कोइरालाको नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको भन्दै कोइराला लोकतान्त्रिक आन्दोलकका अथक योद्धा भएको बताए । दीप प्रज्वलन कार्यक्रममा काँग्रेसका मकवानपुरका नेता विष्णु लामिछाने,जयराम लामिछाने, प्रभात दाहाल, काँग्रेस थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, प्रदेश सभा समिति क्षेत्रीय सभापति राजेश बानियाँ, फाउण्डेशनका सचिव रामहरी तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

Scroll to Top