डिसेम्बर २३, २०१९ को बेलुका गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका को कार्यलय मा ने.वि.सघं का सस्थांपक केन्द्रीय सदस्य आदरणीय गगां राज पौडेल ज्यु लाई गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखा का अध्यक्ष सोमनाथ घिमिरेले खादा ओढाइ स्वागत गर्नु भयो। यसै फाउण्डेसनका उपाध्यक्ष शुवर्ण लामा, केन्द्रीय सदस्य प्रेम पौडेल, कृयासील सदस्य सुर्य सिमखडा र एन आर एन अमेरिका न्यु-यार्क च्याप्टर का कोशाध्यक्ष शोभाकान्त पण्डे हरुको पनि उपस्थिति रहेको थियो।
युग पुरुष स्वं गीरीजा प्रसाद कोइरालाको नाम मा फाउण्डेशन स्थापित गरेर गीरीजा वावु को योगदानलाइ देश-विदेश सम्म चिनाउँदै अघि बढेकोमा गीरीजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष माननिय सुजता कोइराला ज्यु लाइ ने.वि.सघं का सस्थांपक केन्द्रीय सदस्य आदरणीय गगां राज पौडेल ले धन्यवाद प्रकट गर्दै फाउण्डेशन को उद्वेश्य र लक्ष्यहरू पुरा गर्न हामी सबै कटिबध्द भएर लाग्न जरुरी छ भन्नु भयो।

Scroll to Top