गिरिजा बाबुको १२ औ स्मृति दिवसको सन्दर्भमा भक्तपुरद्वारा अन्तर्क्रिया कार्यक्रम आयोजना

चैत ७ भक्तपुर !

जि.पि कोइराला फाउन्डेसन भक्तपुरले गिरिजाप्रसाद कोइरालाको १२ औ स्मृति दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री श्री आनन्द प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र सभापति दुर्लभ थापाको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेता माथवर सिंह बस्नेत, कबिर राणा, मध्यपुर थिमि नगरपालिकाको उप प्रमुख अन्जना देवी मधिकर्मी लगायत नेताले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता फाउन्डेसनका अध्यक्ष बिदुरमान सिंह बस्नेतले गर्नु भएको थियो ।

Scroll to Top