स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंज वडा नं ३ र वडा नं १ का २००० घरमा हरियो साग सब्जिको व्यवस्था मिलाए

विश्वलाई कोरोना भाईरसले नराम्रोसंग प्रभावित गरेको छ । कोरोना भाईरसको संक्रमणले विश्वका शक्तिशाली राष्ट्र अमेरिका, युरोप, चिनका साथै अन्य साना तथा गरिब राष्ट्रहरुलाई समेत प्रभावित गरेको छ । संक्रमणको कारण हजारौंले ज्यान गुमाएका छन भने लाखैं संक्रमित छन । संक्रमित हुने र मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ ।
कोरोना भाईरसको संक्रमण दक्षिण एसियाका देशहरु पनि प्रभावित बन्दै गएका छन । दक्षिण एसियाली मुलुक मध्य भारत सर्वाधिक प्रभावित छ र भारतसंग सिमाना जाडिएको कारण नेपालमा पनि कोरोना भाईरस संक्रमण हुनेको संख्या बढदै गई रहेको छ ।
विश्वका वैज्ञानिकहरुले भाईरसको उपचारका लागि औषधि पत्ता लगाउन सकेका छैन्न भने विश्व सवास्थ्य संगठनका अनुसार व्यक्तिगत सरसफाई तथा समाजिक दुरि नै हाल यस रोगको उपचारहरु मध्य एक रहेको जिकिर गरेको छ ।
भारतसंग सिमाना जाडिएको नेपालको प्रमुख प्रवेश द्धार वीरगंजपनि कोरोना भाईरसबाट प्रभावित छ । वीरगंजको नारायणी अस्पतालमा यतिखेर ८५ जना संक्रमितको उपचार भईरहेको छ जस्ले गर्दा वीरगंज महानगर कोरोना भाईरसको संक्रमणको उच्च जोखिममा रहेको छ ।
वीरगंज महानगर उच्च जोखिममा परेपछि यहां स्थानिय प्रशासनले बैशाख ३१ गते देखि पर्सा जिल्लामा निषेधाज्ञना जारी गरेको जसकारणले वीरगंज लगायत आसपासका स्थानको जनजिवन प्रभावित भएको छ ।
दैनिकि चलाउन धौ धौ पुगेको बेला आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंज वडा नं ३ र वडा नं १ का २००० घरमा हरियो साग सब्जिको व्यवस्था मिलाएको छ ।
प्रत्येक घरधुरीलाई एक हप्ता सम्म पुग्ने गरि हरियो तरकारी भिन्डी,बोडी,करेला र घिडौला ४ के.जी वितरण गर्न लागिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जनाएका छन । वीरगंज महानगरपालिका छपकैंयाका मुस्लिम बाहुल्य क्षेत्र रहेकोले मुस्लिम समुदायको पवित्र पर्व रमजानलाई मध्य नजर गर्दै स्थानिय प्रशासनसंग समनव्य गरि फाउण्डेशनका अध्यक्षले आफनो घरपरिवारका सदस्यको सहयोगमा छपकैया क्षेत्रमा हरियो तरकारी वितरण गरेको बताउनु भएको छ ।

Scroll to Top