महानायकको जीवन यात्रा

स्मृतिमा गिरिजाबाबु

  • नेपाली राजनीतिका शिखरपुरुष व्यक्तित्व महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालको विसं १९८९ असार २१ गते भारतको तत्कालीन सहर्सा टेढी दीपनगर (हाल सुपौल, विहार) मा निर्वासित पिताजी कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाको कोखबाट जन्म भएको हो ।
  • बनारस हिन्दू विश्वविद्यालयबाट बीए, बीटी परीक्षा उत्तीर्ण गरेर आदर्श बालिका विद्यालय विराटनगरमा गुरुआमाको रुपमा रहनुभएकी इष्टनाथ उपाध्यायकी छोरी सुषमासँग विसं २००८ सालमा प्रणयसूत्र गासिँयो र २०११ सालमा छोरी सुजाताको जन्म भयो ।
  • जनकपुरपारि भारतमा गिरिजादेवीको दर्शन गर्न गएका कृष्णप्रसाद र गर्भिणी दिव्याले छोरा वा छोरी जे जन्मे पनि त्यसको नाम ‘गिरिजा’ राख्ने संकल्प गरेअनुसार उहाँको नाम रहेको हो । यस शब्दको अर्थ हिमालयी छोरी अथवा हिमालयबाट जन्मिएकी पार्वती भन्ने बुझिन्छ ।
  • देशद्रोहको अभियोगमा निर्वासित हुनुभएका पितामाताले १९८६ मा स्वदेश फर्कने अनुमति पाएपछि नेपाल आएर आफ्नै पिताजीले स्थापना गर्नुभएको देशकै पहिलो आदर्श विद्यालयबाट शिक्षारम्भ गर्नुभएका गिरिजाको शैक्षिक जीवन सामान्य रहेको थियो ।
  • महात्मा गान्धीसँग प्रभावित भएर आदर्श जीवनयापन गर्न थाल्नुभएको नेपालका गान्धी कृष्णप्रसाद कोइरालाका जीवनदर्शनबाट अभिप्रेरित बनी राजनीतितर्फ अग्रसर गिरिजा सबै परिवारको स्नेहपात्र हुनुहुन्थ्यो । जहानियाँ राणाशासनको अन्त्य र प्रजातन्त्रको उदयका निमित्त आजीवन संघर्ष गर्ने पिताजीको जीवन संघर्ष नै गिरिजाका निमित्त प्रेरणा स्रोत बन्न पुग्यो ।
  • नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष गिरिजाप्रसादको सार्वजनिक जीवन मोरङ कटनमिल (विराटनगर) को सामान्य मजदुरबाट प्रारम्भ भयो । मजदुरका हितका निमित्त मालिकहरुका विरुद्ध आवाज उठाउन थालेपछि उहाँलाई सबै मजदुरहरुले नेता माने । विसं २००३ साल फागुन २१ गतेदेखि प्रारम्भ भएको मजदुर आन्दोलनको नेतृत्व उहाँले लिनुभयो । विराटनगरका साथ हजार मजदुर उहाँको आह्वानमा आन्दोलित भए । सोही क्रममा बीपी, गिरिजा, मनमोहनजस्ता योद्धाहरु पक्राउ पर्नुभयो । अड्डासार गर्दै काठमाडौं पुर्‍याइयो । यस क्रममा उहाँलाई तीन वर्ष थुनामा राखियो ।
  • राजनीतिज्ञ एवं कुशल संगठनकर्ता गिरिजाबाबुको नेतृत्वमा २००७ सालको जनक्रान्तिमा नेपाली कांग्रेसले विराटनगर कब्जा गर्न मुक्ति सेनाको फौज खटायो । तर पहिलो आक्रमण असफल भयो । दोस्रो आक्रमणले विराटनगर कब्जा गर्‍यो । साथमा तारिणी कोइराला, विश्वबन्धु थापा, मुक्तिसेनाका कमान्डर जीबी याकथुम्बा आदि धेरै योद्धाहरु थिए । उहाँद्वारा प्रदर्शित युद्ध कौशलतालाई हेरेर २०११ सालमा भएको भुटानको आन्दोलनलाई सघाउन पनि राष्ट्रको तर्फबाट उहाँलाई नै खटाइएको थियो ।
  • २०१२ सालमा बीरगन्जमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनले प्रजातन्त्र, राष्ट्रियता र समाजवादका नीतिगत कुराहरुका साथै पार्टीलाई अगाडि बढाउन जिल्ला सभापतिहरुको निर्वाचन ग¥यो । मोरङको सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो ।
  • विसं २०१५ सालको निर्वाचनमा बीपीले चुनाव लड्ने कि पार्टी संगठन गर्ने भनेर प्रश्न गर्दा गिरिजाबाबुले पार्टी संगठन रोज्नुभएको थियो ।
  • विसं २०१७ साल पुस १ गतेको निरंकुश राजनीतिक दमनका क्रममा जेल पर्नुभयो । २०१९ सालमा उहाँकी पत्नी सुषमा र नाबालक छोरी सुजातालाई पनि थुनियो । भारतका समाजवादी नेता जयप्रकाश नारायण आएर उहाँलाई भेटे । त्यसपछि जेलभित्रै आमरण अनसन सुरु गर्नुभएको कोइरालाको गिर्दो स्वास्थ्यदेखि डराएर २१ दिनपछि छाडिदिए । यसपटकको उहाँको जेलजीवन सात वर्ष रह्यो ।
  • प्रेमविवाहको १६ वर्षपछि विसं २०२४ सालमा उहाँले पत्नी वियोगको वेदना सहनुप¥यो । पाकशास्त्रकी कुशल गृहिणी सुषमाको विद्यालयमै मट्टीतेलबाट चल्ने रेफ्रिजेनेटरमा आगलागी हुँदा जलेर मृत्यु भयो । त्यसपछि ४३ वर्षीय कोइरालाले आजीवन विदुर बस्ने संकल्प लिनुभयो ।
  • राजा महेन्द्रको २०१७ सालको कदमपछि थुनामा राखिनुभएका बीपी र गणेशमान सिंहलगायतका नेताहरुलाई रिहा गर्न तथा निर्वासित नेता कार्यकर्तालाई स्वदेश फर्किने वातावरण बनाउन उहाँले गरेको प्रयत्न प्रशंसनीय थियो । २०२५ सालमा जेलबाट मुक्त भएपछि गिरिजाबाबुको प्रशंसा गर्दै गणेशमान सिंहले भन्नुभएको थियो, “गिरिजा यत्रो कुशल वार्ताकार र राजनीतिमा परिपक्व होलान जस्तो मलाई लागेको थिएन ।”
  • २०३० जेठ २८ गते नेपाल राष्ट्रबैंकको पैसा लिएर विराटनगरबाट काठमाडौं उडेको विमान अपहरण काण्डको नेतृत्व उहाँले गर्नुभएको थियो । सो विमानमा रहेको ३० लाख भारतीय रुपैयाँ लिएर निर्दलीय व्यवस्थाविरुद्ध संघर्ष गर्ने आन्दोलनका निमित्त हतियार खरिद गर्ने योजनाका योजनाकार स्वयं गिरिजाबाबु हुनुहुन्थ्यो ।
  • २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्कदा आवश्यक परे अर्को आन्दोलनको तयारीमा रहन गिरिजालाई भारतमै छाड्नुभएको थियो । त्यसबेला प्रवासमै बसेर उहाँले पार्टी संगठनको व्यापक विस्तार गर्नुभएको थियो । यता, निर्दलीय पञ्चायतका हिमायतीहरु गिरिजाबाबुदेखि तर्सेका थिए । भारतमा जनमत तयार गरी पञ्चायती शासकहरुलाई दबाब दिन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
  • २०३४ सालमा उहाँ नेपाली कांग्रेसको महामन्त्री बन्नुभयो ।
  • २०३७ वैशाख १ गते गिरिजा कोइराला निर्वासन त्यागी स्वदेश फर्किनुभयो । पार्टी महामन्त्रीको रुपमा राष्ट्रको भ्रमण गर्दै संगठन बलियो बनाउनुभयो ।
  • २०३९ सालमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले जीवनको अन्तिम क्षणमा, गणेशमानमा भएको त्याग, दृढता, भट्टराईको पोलिसी र गिरिजाको सांगठनिक क्षमताको प्रयोग नेपाली कांग्रेसमा भयो भने नेपालमा छिटो प्रजातन्त्र आउनेछ’ भन्ने अभिव्यक्ति प्रकट गरेर गिरिजामा रहेको सांगठनिक क्षमताको प्रशंसा गर्नुभएको थियो ।
  • गिरिजा कोइरालालाई समाप्त गर्न धेरै सांघातिक हमला भए । २०४१ सालमा रुपन्देहीको सुरजपुरामा उहाँको तालुमाथि मण्डलेका लाठी बर्सिए । सोही क्रममा यादवनाथ आलोक शहीद भए ।
  • २०४६ सालको जनआन्दोलन भयो । राजाको ३० वर्षे पञ्चायतले बिदा लियो । पञ्चायत ढाल्ने क्रममा गिरिजा कोइरालाको अहम् भूमिका रह्यो ।
  • २०४८ सालको आमनिर्वाचनमा गिरिजाबाबुको मोरङ र सुनसरी जिल्लाका दुबै निर्वाचनक्षेत्रबाट चुनाव जितेर दलको सर्वसम्मत नेतामात्र होइन, २०४८ जेठ १२ गतेदेखि देशको प्रजातान्त्रिक पुनस्र्थापनापछिको पहिलो निर्वाचित प्रधानमन्त्री पनि बन्नुभयो ।
  • २०४८ मंसिर १२ गते बनारस हिन्दू विश्वविद्यालयले उहाँलाई ‘डाक्टर अफ ल’को उपाधि प्रदान गर्‍यो ।
  • २०४९ कार्तिक ६ गते भारतका प्रधानमन्त्री पीभीनरसिंह राव र नेपालका प्रधानमन्त्री कोइरालाको प्रज्ञाभवन काठमाडौंमा विश्वेश्वरप्रसाद कोइराला ‘नेपाल–भारत प्रतिष्ठान’को संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।
  • राजनेता गिरिजाप्रसाद कोइराला सधै जनताको समीपमा रहन चाहनुहुन्थ्यो । त्यसैले होला, अरुले भन्दा धेरै बढी उहाँले राष्ट्रको भ्रमण गर्नुभयो ।
  • २०५० सालमा संयुक्त राष्ट्रसंघको ४८औं महाधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क गएका बेला विश्व लेखक समाजको प्रमुख आतिथ्य स्वकिार्दै ‘वातावरणको महत्व र प्रकृतिको संरक्षण’का विषयमा सारगर्भित प्रवचन दिनुभएको थियो ।
  • संसद्को प्रमुख प्रतिपक्षी एमालेले उहाँलाई प्रधानमन्त्रीबाट हटाउन २०५० फागुन ८ गते संसद्मा अविश्वास प्रस्ताव दर्ता गरायो । तर ८१ का विरुद्ध ११३ मत ल्याई अझ बलियो प्रधानमन्त्री सावित हुनुभयो । यो मतदान फागुन २३, २०५० मा भएको थियो ।
  • २०५१ साल कार्तिक ६ गते सम्पन्न दोस्रो आमनिर्वाचनमा पनि नेता कोइरालाले सुनसरी र मोरङका दुबै निर्वाचन क्षेत्रबाट चुनाव जितेर संसद्मा पुग्नुभयो । पार्टीभित्रको विद्रोहले गर्दा एमालेले ८८ र कांग्रेसले ८३ सिट ल्यायो । एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्यो । २०५३ भदौ २५ गते अविश्वासको प्रस्तावद्वारा एमालेको सरकार हटाएपछि शेरवहादुर देउवाको नेतृत्वमा मिलिजुली सरकार गठन भयो ।
  • २०५४ चैत्र ३० गते सबैका साझा नेताका रुपमा गिरिजा दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो ।
  • विसं २०५५ पुस ५ गते अन्पमतको सरकाराट राजीनामा दिन पुग्नुभएका कोइराला पुस ८ गते तेस्रोपटक प्रधानमन्त्री हुनुभयो ।
  • कोइरालाको कठोर परिश्रमले कांग्रेसले २०५६ सालको निर्वाचनमा स्पष्ट बहुमत ल्यायो ।
  • पार्टी सभापति कोइरालासँगको मतभेदका कारणले नेता भट्टराईले प्रधानमन्त्री पदबाट राजिनामा दिनुभयो । कोइराला चौथोपटक प्रधानमन्त्री बन्न सफल हुनुभयो ।
  • विसं २०५७ सालमा नेकपा एमालेले ५७ दिनसम्म संसद् अवरुद्ध गरेर नियमित प्रक्रियालाई अनिर्णयको बन्दी बनाउँदा पनि प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालामा विचलन आएन ।
  • माओवादी जनयुद्ध, अशान्ति र पार्टीभित्रको मतभेदका कारण अबको राजनीति शान्ति र समझदारीबाट मात्र चल्न सक्ने देखि नेता गिरिजाले वृहद् प्रजातान्त्रिक मोर्चाको परिकल्पना गर्दै २०५८ साउन ४ गते प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । कसैले मास्न नसक्ने लोकतन्त्र नआएसम्म विश्राम नलिने उहाँको संकल्प थियो । निरंकुश राजतन्त्रको अन्त्य र माओवादी विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउने कार्यमा उहाँ होमिनुभयो । संसद्वादी सबै पार्टीलाई प्रजातन्त्रको निरन्तरताका निमित्त एक गराएर २०५९ वैशाख २७ मा ऐतिहासिक शहीदगेट भेलामा जनताका बीच शपथ खुवाउनुभयो ।
  • २०५९ जेठ ८ गते मध्यरात प्रतिनिधिसभा विघटन गरेपछि नेता कोइराला एक्लै संसद् पुनस्र्थापनाको प्रस्ताव बोकेर अगाडि बढ्नुभयो । उहाँले वृहत् प्रजातान्त्रिक मोर्चाको अभियानलाई पनि छोड्नुभएन ।
  • काठमाडौंमा सम्पन्न ११औं महाधिवेशनमा कोइराला तेस्रोपटक पार्टी सभापति चुनिनुभयो । त्यसबेला उहाँले ८६ प्रतिशत मत पाउनुभएको थियो ।
  • यसअघि नवौं र दशौं महाधिवेशनमा उहाँ यसरी नै सभापतिमा निर्वाचिन भइसक्नुभएको थियो । तेस्रो सभापतित्वको कार्यकालमा नै उहाँको देहावसान भयो ।
  • २०६० वैशाख २८ का दिन जनआन्दोलन २ का कमाण्डर गिरिजाप्रसाद राजा ज्ञानेन्द्रका तानाशाही कदमविरुद्ध सडकमा उत्रिनुभयो । संसद्विना प्रजातान्त्रिक सरकार अपूरो हुने कुरामा उहाँको अडान थियो । घटनाक्रमले उहाँलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनेता बनाइसकेको थियो । देशका सबै वर्ग र समुदायले आन्दोलनलाई सघाए । नेकपा एमाले, जनमोर्चा, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी आदिले नेपाली कांग्रेससँग सहकार्य ग¥यो । कोइरालाकै पहलमा नेकपा माओवादी पनि जनआन्दोलन– २ लाई सघाउन राजी भयो । त्यसबेला कोइरालाले प्रतिनिधिसभाको पुनस्र्थापना, सर्वदलीय सरकार, माओवादीसँगको वार्ता र संविधानसभाको पुनस्र्थापना, सर्वदलीय सरकार, माओवादीसँगको वार्ता र संविधानसभाको निर्वाचन चार एजेन्डााई दृढताका साथ अगाडि बढाउनुभयो ।
  • २०६२ मंसिर ७ गते उहाँकै पहलमा संसद्वादी र माओवादीबीच नयाँदिल्लीमा १२ बुँदे समझदारी भयो ।
  • २०६२ चैत्र २४ गते उहाँकै नेतृत्वमा शान्तिपूर्ण संयुक्त जनआन्दोलन प्रारम्भ भयो ।
  • २०६३ वैशाख ११ गते राजाले कोइरालाको सबै शर्त स्वीकार्दै प्रतिनिधिसभाको पुनस्र्थापनाको घोषणा गरे । कोइरालालको संकल्पले सार्थकता पायो ।
  • २०६३ वैशाख १२ गते कोइराला पाँचौपटक प्रधानमन्त्री बन्नुभयो ।
  • ०६४ चैत २८ मा संविधानसभाको निर्वाचन सम्पन्न गर्नुभयो ।
  • २०६५ जेठ १५ गते उहाँकै नेतृत्वमा राजतन्त्रको अन्त्य भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षको युगमा प्रवेश ग¥यो ।
  • २०६५ साउन ३१ गते प्रधानमन्त्री पदबाट राजीनामा दिई सिंङ्गो राष्ट्रको अभिभावक बन्नुभयो ।
  • २०६६ साल कार्तिकमा सिंगापुरमा उपचारका लागि जानुभयो ।
  • स्वदेश फर्किएलगत्तै पुनः अस्वस्थ भएपछि शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनुभयो । स्वास्थ्ययमा केही सुधार हुनासाथ उहाँ छोरी सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासस्थानमा सर्नुभयो । २०६६ साल चैत ७ गते देहावसान भयो ।
  • चैत ८ गते राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भयो ।

For more information please visit the link below : https://deshantarnews.com/

 

Scroll to Top