बागलुङमा मनाईयो गिरिजा प्रसाद कोइरालाको १० औँ स्मृती दिवस

बागलुङ : पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १० औँ स्मृती दिवस बागलुङमा एक कार्यक्रम गरी मनाईएको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन जिल्ला कार्यसमिति बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ४ कडुलेमा रहेको मुक्तिनाथ वेद विद्याश्रम तथा रंगवेकटेश मुक्तिनायण मन्दिरमा खाद्य समग्री हस्तान्त्रण तथा कारोना भाईरस सम्न्धी सचेतना मुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिपी फाउण्डेशनका सदस्य तथा धौलागिरी अञ्चल अस्पतालका मेडिकल अधिकृत डाक्टर रञ्जीत सापकोटाले कारोना भाईरसका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेस बागलुङका सभापती दिपेन्द्र बहादुर थापाले नेपाली राजनीतिकका नायकको रुपमा गिरिजालाई स्मरण गर्नु पर्ने बताए ।

मुलुकको राजनीतिक परिवर्तमा कोइरालाको भूमिका महत्वपुर्ण रहेको चर्चा गदै थापाले कोइलाले देखाएका वोटोलाई कागे्रसले अवलम्वन गरिरहने बताऐ ।

कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्य, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा लगाएतले बोलेका थिए । कार्यक्रममा कोईरालाको जिवनीको बारमेमा जिपी फाउण्डेशनका गण्डकी प्रदेश सदस्य खुमराज पराजुलीले प्रकाश पारेका थिए ।

कार्यक्रम फाउण्डेशनका अध्यक्ष महेन्द्र कँडेको अध्यक्षता र सविच विकास पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Scroll to Top