फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत शुक्रवार, जुलाई २४,२०२० मा चौथो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले चौथो पटक ८ प्यालेट्स निशुल्क शुद्व दुध वितरण कार्य आज सम्पन्न गर्यो।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।
अबका दिनहरु मा यसै फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै आज शुक्रवार, जुलाई २४,२०२० मा चौथो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।
रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई फेरि ८ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,५३६ ग्यालन अर्थात् ५,७६० लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गर्नु भएको थियो भने विभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १६ वटा कार, १ वटा भेन र १ वटा ट्रक लिएर वेरहाउस बाट आफैं उठाउनु भएको थियो।
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिका का उपाध्यक्ष फुर्वा शेर्पा मार्फत ५०० ग्यालन दुध,रिजहुड नेपालिज सोसाईटिलाई यसै संस्थाका सदस्य एवम् ने.काँ.नेता विनोद सुवेदीमार्फत ६० ग्यालन दुध, ईन आवर हार्ट्स ग्रुप ब्रुक्लीनकी कार्यकारी निर्देशक केएला सर्जीयो मार्फत अमेरिकालाई १०० ग्यालन दुध, द तिब्बतियन कम्युनिटी अफ न्यूयोर्क-न्यू जर्सिलाई संस्थाकी म्यानेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत १०० बक्स काईन्ड बार, ने.काँ. युवा नेता अनिल पाण्डेमार्फत ३०० ग्यालन दुध,नेपाली अमेरिकन कलाकार संघलाई मेडिया कोओर्डीनेटर पुष्कर बराल मार्फत २० ग्यालन दुध, एन.आर.एन अमेरिका-न्युयोर्क च्याप्टरलाई यसै संस्थाका अध्यक्ष राम हरि अधिकारी मार्फत ४० ग्यालन दुध, ग्रिन टचका कार्यकारी निर्देशक भिक्टर ईलाही मार्फत १०० ग्यालन दुध, सोनम शेर्पा मार्फत ४० ग्यालन दुध, प्रेम क्षेत्री मार्फत ४० ग्यालन दुध, ल्याटिनो अमेरिकन का वान गोन्जालेज मार्फत १०० ग्यालन दुध, ने.का.युवा नेता भोजराज थोक्कर मार्फत ६० ग्यालन दुध, पल्जु शेर्पा मार्फत ६० ग्यालन दुध, राजेश कार्की मार्फत ६० ग्यालेन दुध, लाएन्स क्लव क्वीन्स बुद्व की अध्यक्ष रिमाया नेपाली मार्फत रवि सिवाकोटी र रमेश आचार्य लाई ६० ग्यालन दुध हस्तान्तरण गरेको थियो।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।
Scroll to Top