फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दैआज बिहीबार, जुलाई ९, २०२० मा तेस्रो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी

 

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण गर्यो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यलेआफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाईथाहा नै छ।

अबका दिनहरु मा यसै फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दैआज बिहीबार, जुलाई ९, २०२० मा तेस्रो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।

रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई ८प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १५३६ ग्यालन अर्थात् ५८१४ लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गर्नु भएको थियो भनेविभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १७ वटा कार लिएर वेरहाउस बाट आफैं उठाउनु भएको थियो।

आज यसै कार्यक्रममा युनाईटेड शेर्पा एसोसिएसन यु एस ऐ इन्क का अध्यक्ष उर्गेन शेर्पा मार्फत ४०० ग्यालन दुध, रिजहुड नेपालिज सोसाईटिलाई यसैसंस्थाका सदस्य एवम् ने.का. नेता विनोद सुवेदी मार्फत १०० ग्यालन दुध, नेपाल तरुण दल अमेरिकालाई यसै संस्थाका उपाध्यक्ष अनन्तराज सुवेदि मार्फत१०० ग्यालन दुध, द टिब्बेटन कम्युनिटी अफ न्युयोर्क-न्यु जर्सीलाई यसै सस्थां कि मेनेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत २०० ग्यालन दुध, ने.का. युवा नेता अनिल पाण्डे मार्फत ३०० ग्यालन दुध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएकाथिए भने दिपक गौतम, लक्ष्मण पुन मगर, प्रधुम्न रायमाझी, प्रेमलाल बुढा मगर, राम अधिकारी, नारायण भट्टराई, कुन्जन पौडेल लगायतले स्वयमसेवीरुपमा सहयोग गरेका थिए। बाँकी रहेको शुद्व दुध यसै फाउण्डेशनले वितरण गरेको छ।

अजै बिहान यसै फाउण्डेशनले जेमि फायन बिन-सन्निसाईड साइन्स की कार्यकारी निर्देशक सँग सहकार्य गर्दै ५० बक्स मिक्स शुद्व तरकारी हरु एन आरएन अमेरिका का सल्लाहकार एवम् ने.का. नेता श्याम काजि गुरुङ, अनन्तराज सुवेदि, अनिल पाण्डे लाई हस्तान्तरण गरिएको थियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन र जेमि फायन बिन-सन्निसाईड साइन्स कीकार्यकारी निर्देशक लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

 

Scroll to Top