फाउण्डेशनद्वारा  जुलाई १७, २०२० मा तेस्रो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए। 

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले तेस्रो पटक ८ प्यालेट्स निशुल्क शुद्व दुध वितरण कार्य आज सम्पन्न।

 

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।

 

अबका दिनहरु मा यसै फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै आज शुक्रवार, जुलाई १७, २०२० मा तेस्रो पटक ८ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।

 

रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई फेरि ८ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,५३६ ग्यालन अर्थात् ५,७६० लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गर्नु भएको थियो भने विभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १५ वटा कार र १ वटा भेन लिएर वेरहाउस बाट आफैं उठाउनु भएको थियो।

 

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिका का उपाध्यक्ष फुर्वा शेर्पा मार्फत ५९६ ग्यालन दुध,रिजहुड नेपालिज सोसाईटिलाई यसै संस्थाका सदस्य एवम् ने.काँ.नेता विनोद सुवेदीमार्फत ६० ग्यालन दुध,नेपाल तरुण दल अमेरिकालाई यसै संस्थाका उपाध्यक्ष अनन्तराज सुवेदीमार्फत ६० ग्यालन दुध,

द तिब्बतियन कम्युनिटी अफ न्यूयोर्क-न्यू जर्सिलाई संस्थाकी म्यानेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत २२० ग्यालन दुध,ने.काँ. युवा नेता अनिल पाण्डेमार्फत ६० ग्यालन दुध,नेपाली अमेरिकन कलाकार संघलाई मेडिया कोओर्डीनेटर पुष्कर बराल मार्फत ६० ग्यालन दुध, गुरुङ(तमु)सोसाईटि अमेरिकालाई यसै संस्थाका अध्यक्ष पदम गुरुङ मार्फत ६० ग्यालन दुध, एन.आर.एन अमेरिका-न्युयोर्क च्याप्टरलाई यसै संस्थाका अध्यक्ष राम हरि अधिकारी मार्फत ४० ग्यालन दुध, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पा मार्फत २८ ग्यालन दुध, ग्रिन टचका कार्यकारी निर्देशक भिक्टर ईलाही मार्फत ६० ग्यालन दुध, वर्ल्ड कनेक्सन यु एस ए ईन्कका प्रेसिडेन्ट आङ गेलु शेर्पा मार्फत ४८ ग्यालन दुध, नेवाः गुठी-न्यूयोर्कका पुर्व अध्यक्ष धर्मेन्द्र गोपाली मार्फत २० ग्यालन दुध, नवाङ यावाज्यान्टङ मार्फत ६० ग्यालन दुध हस्तान्तरण गरेको थियो र बाँकी रहेको दुध फाउण्डेशनले वितरण गरेको थियो। एन.आर.एन.ए.अमेरिकाका सल्लाहकार एवं नेपाली काँग्रेसका युवा नेता श्यामकाजी गुरुङको पनि उपस्थिति रहेको थियो।

 

 

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए।

 

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

 

Scroll to Top