न्यूयोर्कमा जिपीके फाउन्डेसन कार्यालयको उदघाटन, ३५ जना सक्रिय समाजसेवीलाई सम्मान।

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपीके फाउन्डेसन) अमेरिकाको कार्यालय शनिवार एक समारोहकाबीच उदघाटन गरिएको छ ।

महम्मद रहमन–डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजकले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो । उदघाटनपछि उहाँले क्वीन्स डिस्ट्रीक एटोर्नी मेलिन्दा काट्जले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।

कार्यक्रममा समाजप्रति समर्मित विशिष्ट ब्यक्तिहरुलाई न्यूयोर्क सिटी र न्युयोर्क राज्यबाट प्राप्त ३५ वटा सम्मान पत्र वितरण गरिएको थियो ।

न्युयोर्क सिटी र न्युयोर्क राज्यबाट सम्मानित हुनेहरुमा क्रमशः फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा रहेका छन् ।

 

त्यस्तै केन्द्रीय सदस्यहरु रामचन्द्र अधिकारी, सूर्य सिंखडा, फुर्वा शेर्पा र प्रेम पौडेल, केन्द्रीय सदस्य एंव महिला संयोजक सुश्री दावा शेर्पा, शेर्पा किदुग अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा, कोषाध्यक्ष श्रीमती छिरिङ शेर्पालाई सम्मान पत्र वितरण गरियो ।

सोही अवसरमा समाजसेवीहरु क्रमशः दावा शर्पा, सोनम गेल्बु शेर्पा, पल्जुर शेर्पा, प्रवासी मन्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, फिप्नाका अध्यक्ष लोक चेम्जोङ, फिप्ना संघीय परिषदका सभामुख राजकुमार बिष्ट, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर, युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाकी अध्यक्ष मुना राई, फिप्नाकी उपाध्यक्ष गोमा योन्जन गुरुङ, एनआरएन अभियन्ताद्वय बिष्णु राना मगर र मिलन कुमार शाही, नेजससअकी केन्द्रीय सदस्य कमला पन्त, नेपाली कांग्रेसका युवा नेता एंव समाजसेवीहरु क्रमशः प्रेम क्षेत्री, राजेश आचार्य, बिरेन्द्र मानन्धर, ध्रुव कुँवर क्षेत्री र अनिलराज पाण्डेय पनि सम्मानित भए र

वरिष्ठ कलाकारहरु शंकर विसी, गिता राई र बसन्ती राई, महिला उद्यमी एंव समाजसेवी बिमला श्रेष्ठ हमाल, समाजसेवीहरु क्रमशः टंक खडका, सुकु रुमदाले राई, लाक्पा भोटीया शेर्पा, मेरिना पराजुलि, गुरुङ सोसाइटी अमेरिकाकी पूर्वउपाध्यक्ष सुश्री सिद्वार्थ गुरुङ र यसै संस्थाकी बोर्ड मेम्बर एलिसा गुरुङ, कलाकार एंव समाजसेवीद्वय पुष्कर बराल र मधु कुमार गिरि लगायत सम्मानित भएका छन् ।

फाउण्डेशनको तेस्रो सम्मान कार्यक्रम पनि छिट्टै हुने फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिनुभयो।

link :https://www.imagekhabar.com/

 

Scroll to Top