नेपाली राजनितिका शिखर पुरुष एवम् पुर्व प्रधानमन्त्रि नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साद्धारा वृक्षरोपण कार्यक्रम ।

पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आज वृक्षारोपन कार्यक्रमको आयोजना गरेको छ । फाउण्डेशन पर्साले वीरगंजको विभिन्न स्थानमा वृक्षारोपन गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताउनुभयो । स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा फाउण्डेशन पर्साले तीन दिने कार्यक्रमको आयोजनामा पहिलो दिन वृक्षारोपनको र्कायक्रम सम्पन्न गरेको छ ।साल,सिसम,बेल,सफेदा,खैर,औरा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा रुखको बिरुवा रोपन गरिएको हो । वीरगंजको आईसिपि र आर्दशनगरको कबरस्थानमा वृक्षारोपन गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताउनुभयो । फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा असार २० देखि २२ गते सम्म तीन दिने र्कायक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको थियो । असार २१ गते रक्तदान र्कायक्रम फाउण्डेशनको कार्यालय आदर्शनगर पानिटकींका विहान ७ः३० बजे गर्ने भएको छ भने असार २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही २५००० –पचिस हजार) सहित सम्मान गर्ने र्निणय गरेको छ । फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको वृक्षारोपन कार्यक्रममा धुव्र नेपाल,दिना गुप्ता,श्याम कुमार पोख्रेल लगायतका व्यक्ति हरुको उपस्थिति रहेको थियो ।

Scroll to Top