नगरपालिकाको कोषमा जि.पि फाउण्डेशन बुढानिलकण्ठको सहयोग

 

कपन अनलाइन

काठमाडौं ,चैत २७ ।

जि.पि फाउण्डेशन बुढानिलकण्ठ नगर समितिले बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको राहत व्यवस्थापन कोषमा २११२१ रुपैया सहयोग प्रदान गरेको छ।

फाउण्डेशनका नगर संयोजक नवराज भट्टराई, तथा प्रकाश खत्री,गणेश गुरागाई, कृष्ण नेपाली सहितको प्रतिनिधीहरु मार्फत नगर प्रमुख उद्धव खरेललाई उक्त रकम हस्तान्तरण गरेका थिए । यस अघि फाउण्डेशनले बुढानिलकण्ठ वडा नं ११ स्थित रहेको अनाथ बाल आश्रममा खाद्यन्न तथा आर्थिक सहयोग प्रदान गरेको थियो ।

विपदमा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने मान्यता र फाउण्डेशनको निर्देशन बमोजिम आफ्नो नगरपालिकालाई सहयोग गरिएको संयोजक भट्राईले बताए । उनले आफ्नो स्थानबाट अन्य सहयोगका कार्यहरु पनि भइरहेको उनले बताए ।

Scroll to Top