थला परेकी महिला नेतृलाई जीपी फाउण्डेसनको सम्मान

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेसन (जीपी फाउण्डेसन) रामेछापले थला पर्नुभएकी महिला नेतृलाई घरमा गएर सम्मान गरेको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवसको अवसरमा नेपाल महिला संघ रामेछापकी संस्थापक सभापति एवं प्रजातान्त्रिक आन्दोलनकी योद्धा गणेशकुमारी भट्टराई (कान्छी दिदी) लाई सोमबार फाउण्डेसनले सम्मान गरेको हो ।फाउण्डेसनका जिल्ला अध्यक्ष दीपक खड्का सहित फाण्डेसनका पदाधिकारी तथा नेपाली कांग्रेसका नेहरु मन्थली स्थिति भट्टराईको घरमा पुगेर सम्मान पत्र प्रदान गर्नुभएको थियो । फाउण्डेसनको तर्फबाट उहाँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । लामो समयसम्म नेपाल महिला संघ र नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील भट्टराई उमेरको कारण शारीरिक रूपमा अशक्त हुनुभएको छ । उहाँ २०६२÷०६३ को जनआन्दोलनमा समेत क्रियाशील भएर लाग्नु भएको थियो ।

Scroll to Top