तिव्वतियनहरुले आयोजना गरेको सम्बन्धित कार्यक्रमबारे सोमनाथ घिमीरेद्वारा लिखित स्पष्टिकरण ।

आदरणीय अध्यक्ष ज्यु,

नमस्ते। जनआष्था साप्ताहिकको मिती २०७७ पौष १ गतेको अंकमा प्रकाशित लेखप्रती गम्भीर आपत्ति जनाउदैं घोर निन्दा गर्छु।

हो मंसीर २७ मा न्युयोर्कमा भएको एक विशेष कार्यक्रममा मलाई पनी संस्थागत रूपमा आतित्थता ग्रहण गराईएको सत्य हो। तर केन्द्रीय अध्यक्षज्यु सँग परामर्श गरेर उपस्थिति हुनु पर्नेमा, नभएर म स्वयम् उपस्थित भएकाले क्षमायाचना गर्दै यस भुललाई आइन्दा नदोह्रोउने गरी अब उपारान्त यहाँका सबैसंघसंस्थाहरुको कार्यक्रमको निमन्त्रणा पत्र केन्द्रमा पठाई र स्वीकृति भए मात्र उपस्थित जनाउने प्रतिज्ञा गर्छु।

यस कार्यक्रममा मैले मन्तव्य दिएको छैन र कुनै पनि सर( सहयोग र समर्थन नरहेको समेत स्पष्ट पार्दछु। तर लेखमा भनिएझैं पैसाको लेनदेन भएको कुरा सरासर झुट हो। सो संस्थावाट १ पैसा पनि सहयोग लिएको छैन। झनै केन्द्रीय अध्यक्षज्यु को नाममा मुछेर त्यस्तो कपोलकल्पीत, मिथ्या र भ्रामक समाचार प्रकाशित हुनु झनै खेदजनक छ।

यहाँ अमेरिकाको न्युयोर्क राज्य एंव शहरमा भएका कतिपय कार्यक्रम वहाँलाई थाहा नहुन सक्छ ।हामी जानेर नजानेर १ चिन निती प्रती ईमान्दार छौं। चिनीया निती प्रती धावा वोल्ने हाम्रो कुनैआँट, हिम्मत र शाहस छैन र हुँदैन पनी।कसै मार्फत चिनीया राजनीतिमा हात हालेर हामीलाई के फाईदारु न्युयोर्क विश्वको एक त्यस्तो स्थल हो, जहाँविश्वका प्रायः सबै भाषा,धर्म, संस्कृति,मानव अधिकार लगायतका विषयमा विभिन्न कार्यक्रम निर्वाध रूपमा भईनै रहन्छन। पछिल्लो कार्यक्रम पनीसोहीमध्येको एक कार्यक्रम हो।

दुखद कुरा यस पत्रिकाले विना प्रमाण म र संस्थाकी अध्यक्ष माननीय सुजाता कोईराला लाई मुछेर कपोलकल्पीत र गलत अफवाह(आरोप लगाईनु अत्यन्त आपत्तिजनक छ । हामी हाम्रा महान नेता युगपुरुष स्व। गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित संस्थाको पवित्र उद्देश्य र लक्ष्यहरुका साथ समाजसेवामा अहोरात्र खटीरहेको परीवेशमा यस्ता आरोप मात्र आरोपहरू हुनेछन्। मैले केन्द्रीय अध्यक्षज्यु सँग परामर्श नगर्नु नै भुल भएकोले, म हृदयदेखि नै माफी माग्दछु र भविष्यमा यहाँ भएका सबै संघसंस्थाहरुको कार्यक्रमको निमन्त्रणा केन्द्रीय अध्यक्षज्यु वाट स्वीकृत गराइ अनि मात्र उपस्थित हुने प्रतिबध्दता गर्छु।

धन्यवाद१

सोमनाथ घिमीरे

संयोजक

जिपी कोइराला फाउन्डेशन अमेरिका शाखा ।

 

Scroll to Top