जी.पी फाउन्डेसनकोद्वारा विराटनगरमा बाढीबाट विस्तापित बालबालिकालाई राहत वितरण I

 

विराटनगर स्थित सिंघिया खोला किनारमा पानीको बहाव बढे संगै विस्थापित बनेका परिवारका बालबालिकाहरुलाइ मास्क वितरण तथा खानेकुराको प्रबन्ध गरिएकाे छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन माेरङ,फाउन्डेसन विराटनगर समिति र युवा कार्यदलले शनिबार संयुक्तरूपमा राहतकाे प्रबन्ध गरेकाे हाे । विराटनगरकाे धनावत फ्याट्री छेउ र सरस्वती स्कुलमा रहेका झन्डै १ सय बालबालिकालाई मास्क र बालबालिकालाई खाने व्यवस्था मिलाइएको हाे । कार्यक्रममा फाउन्डेसन माेरङ अध्यक्ष काैशल निराैला,फाउन्डेसन विराटनगर अध्यक्ष प्रविन जाेशी,फाउन्डेसन युवा कार्यदलका संयाेजक अंकित पाेखरेल,सह संयोजक सबिन भट्टराई ,सचिव सुभाष सापकोटा (डेनी),सह सचिव पुणिका सिंह, सदस्य सरूप खनाल ,सुरज नेपाल लगायतको सहभागीता रहेको थियोे । फाउन्डेसनले सामाजिक कार्यहरू गर्दै आएको छ ।

link :- https://www.biratpost.com

Scroll to Top