जी.पी कोइराला एग्रो टुरिजम रबर जोन मोरङको अध्यक्षमा अन्सारी

 

मोरङ : रबर खेती मार्फत किसानको जिबनस्तर उच्च गराइ एग्रो टुरिजमको माध्यमबाट रास्ट्रलाइ नै समृद्धि तर्फ उन्मुख गराउने उदेश्यले जिपि कोइराला फाउन्डेसनले  एग्रो टुरिजम रबर जोन कार्यक्रम अन्तर्गत  मोरङ, सुनसरी र झापा जिल्लामा रबर प्लान्टको खेती गरिरहेका अगुवा किसानको गठन भएको छ ।

गिरिजा प्रसाद कोईराला एग्रो टुरिजम रबर जोन मोरङ जिल्लाको अध्यक्षमा सलिम अन्सारी नियुक्त भएका छन् । बुधबार नेपाली कांग्रेस नेतृ तथा जी.पी कोइराला फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले आधिकारिकरुपमा फाउण्डेसनको पत्र हस्तान्तरण गरेकी छन् ।

कार्यक्रमम नेतृ कोइरालाले समग्र किसानलाई लाभान्वित गर्ने कार्यक्रममा जोड दिनुपर्ने बताइन ।

समाजसेवी छवी बनाएका अन्सारी कांग्रेसको राजनितिमा समेत सक्रिय भएका छन् । फाउण्डेसनको आधिकारिक पत्र पाए संगै अन्सारीले एग्रो टुरिजममा बिशेष गरी सक्रिय रहने बताएका छन् ।

“प्रत्येक किसानको घरमा एकहल गोरु र लैनोगाई” भन्न्ने नाराका साथ  बिपिको आदर्शलाई कार्यान्बित गर्न  सुजाता कोइरालाले किसानसग गाउँगाउँमा जाने तयारी गरिएको बताइन ।

जिपि फाउन्डेसन प्रदेश एक मिडिया  संयोजक तथा ओसिन मिडिया नेटवर्कका अध्यक्ष एबं नागरिक टिभीका कार्यकारी सम्पादक रेबती रमण खनालसंग टेलिफोन  बार्तामा कार्यक्रमको बिषयमा जानकारी दिइन ।
नेतृ कोइराला   हिजो दिउँसो आइपुगेकी थिइन भने  आज नै काठमाडौ फर्किने  र लामो समययका लागि छिट्टै समय मिलाएर आउने बताइन ।

 

Scroll to Top