जीपी फाउंडेशनद्वारा गरीब परिवारलाई नगद सहयोग ।

 

जीपी फाउंडेशनद्वारा गरीब परिवारलाई नगद सहयोग नूर आलम बादशाह, कार्तिक २२ गते जीपी फाउंडेशन बाराले विपन्न ३ परिवारलाई जनहि रु १५ हजार सहयोग गरेको छ । फाउंडेशनले आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ५ बस्ने नईमुद्दीन अंसारीलाई पक्षघात भई अशक्त अवस्थामा रहेकोले उपचार गर्न रु ५ हजार र कोरोनाका कारण मृत्यु भएका सोही गाउँपालिकाको वडा नम्बर ६ बस्ने मेदनी महतो धानुकको परिवारलाई रु ५ हजार सहयोग गरिएको छ। यसैगरी सिम्रौनगढ़ नगरपालिका वडा नम्बर ३ किशुनपुर टोलका जागीर अन्सारीको घर जलेर नष्ट भएपछि पीड़ित कै घरमा गई रु ५ हजार सहयोग गरेको हो । कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय सदस्य रमाकांत शाह, जेपी फाउंडेशन बाराका अध्यक्ष चन्द्रिका गुप्ता, कासिम अंसारी, धर्मेन्द्र यादव, पप्पू कुशवाहा, हरेन्द्र कुशवाहा, मदन कुशवाहा लगायतको उपस्थिति थियो ।

Scroll to Top