जीपी कोराइला फाउण्डेशनद्वारा फलफुल वितरण

लहान । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीको अवसरमा जीपी कोइराला(गिरिजा प्रसाद कोइराला) फाउण्डेशन सिरहाले लहानको दुई अस्पतालमा बिहिवार फलफुल वितरण गरेका छन् ।
फाण्डेशन सिरहाका अध्यक्ष संजीव उपाध्यायका अनुसार लहान स्थित राउ स्मारक अस्पताल र फ्रेन्डस मोडल अस्पतालका ४२ जना विरामीलाई फलफुल वितरण गरिएको हो ।
फलफुल वितरण कार्यक्रममा सिरहा क्षेत्र नम्बर १ का सभापति अच्छमितलाल चौधरी, गत निर्वाचनमा प्रदेशसभा उम्मेदवार बनेका सन्तोष चौधरी, नेविसंघ सिरहा सभापति शितल चौधरी, प्रदेशसभा ‘क’ पार्टी सभापति सन्तोष उपाध्याय लगायत नेता कार्यकर्ताको उपस्थिती थियो ।
Scroll to Top