जीपी कोइराला मेमोरिअल कलेज चाबहिलको आठौ स्थापना दिवसको अवसरमा फाउन्डेसन अध्यक्ष मा सुजाता कोइरालाबाट शुभकामना ब्यक्त।

जीपी कोइराला मेमोरिअल कलेज चाबहिलको आठौ स्थापना दिवस तथा पुर्व प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालाको  ११ औ स्मृती दिवसको सन्दर्भमा आयोजित यस कार्यक्रमका  प्रमुख अतिथि संघीय प्रतिनिधि सभाका सभामुख सम्माननीय श्री अग्नि प्रसाद सापकोटाज्यु,  जीपी कोइराला मेमोरियल कलेजका अध्यक्ष माननीय श्री भीमसेनदास प्रधानज्यु, कार्यक्रमका अतिथि  त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटा ज्यु,  लगायत सम्पूर्ण अतिथिज्युहरु, कलेज संचालक समितिका साथीहरु, प्राध्यापकज्युहरु, उपस्थित बिद्यार्थीहरु लगायत सम्पूर्णमा हार्दिक नमस्कार।

 

मुनाफारहित सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भई न्युन शुल्कमा सर्बसाधारण बिद्यार्थीहरुलाइ उच्च शिक्षामा सहज पहुँच पुर्याउने उद्देस्यसहित २०७० सालमा त्रिभुवन बिश्वबिध्यालयबाट सम्बन्धन प्राप्त गरि ११ जना बिद्यार्थीबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेको यस कलेजले आज सफलता पुर्बक आठौ स्थापना दिवस मनाउन लागेको छ।  कलेजलाइ यो अवस्था सम्म पुर्याउन योगदान दिनुहुने सम्पूर्ण साथीहरुलाइ म हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गर्न चाहन्छु।

आज गिरिजाबाबुको ११ स्मृती दिवस पनि हो।  नेपालको शिक्षा क्षेत्रको बिकासमा उहाले पुर्याएको योगदान अतुलनिय रहेको छ।  गीरिजाबाबु प्रधानमन्त्री भइसकेपछि देशमा खुला र आर्थिक उदारीकरणको नीति लागु गर्नु भयो फलस्वरूप शिक्षा क्षेत्रमा पनि ठूलो रुपान्तरण भयो र शैक्षिक संस्थाहरूको स्थापना पनि द्रुत गतिमा भयो । सन १९९० मा १७ हजार जति प्राथमिक विद्यालय रहेकोमा  सो  सङ्ख्या बढेर

हाल ३५ हजार भन्दा माथि  पुग्यो ।  माध्यमिक विद्यालयको सङ्ख्या करिब एक हजार ९ सय बाट बढेर नौ हजार माथि  पुग्यो ।  त्यसैगरी, उच्च शिक्षामा पनि धेरै सरकारी तथा निजी विश्वविद्यालयहरू स्थापना भए । इन्जिनियरिङ तथा मेडिसिनजस्ता प्राविधिक बिषयका धेरै  क्याम्पसहरू स्थापना भए।  जसले गर्दा आम नेपाली शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भयो साथसाथै देशलाई आबस्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन सम्भब भयो।

May be an image of 6 people, including Tara P Banjade and people standing

May be an image of 8 people, people standing and people sitting

May be an image of 6 people, including Tara P Banjade, people standing and people sitting

यहि सन्धर्भमा  मलाइ के लाग्दछ भने देशमा उल्लेख्य रुपमा शैक्षिक संस्थाहरु स्थापित भए  तर आज हामीले संख्यात्मक बृध्दि संगसंगै गुणस्तर बृध्दिमा पनि उत्तिकै ध्यान दिनु जरुरि छ।  परम्परागत शिक्षा प्रणालीलाइ परिमार्जन गरेर समय सापेक्ष, बिस्वबजारमा  प्रतिष्पर्धा गर्न सक्ने अनुसन्धानमुलक पाठ्यक्रम लागु गर्नु जरुरि छ। तसर्थ जीपी कोइराला कलेजले पनि नया नया बिषयहरुमा पठनपाठन शुरु गराई आगामी दिनमा देशकै नमुना सामुदायिक क्याम्पसको रुपमा स्थापित हुन सकोस भन्ने शुभकामना ब्यक्त गर्न चाहन्छु।  यो कलेजको बृहत्तर हितको निम्ति गिरिजा प्रसाद कोइराला फाउन्डेसनले पनि आबस्यक सहकार्य गरि जानेछ र सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्दै, आठौ स्थापना दिवस तथा बार्षिक उत्सब समारोहको सफलताको शुभकामना ब्यक्त गर्न चाहन्छु।

धन्यबाद।  नमस्कार।

 

(जीपी मेमोरियल कलेजका संरक्षक मा. सुजाता कोइरालाको शुभकामना सन्देश गिरिजा प्रसाद कोइराला फाउन्डेसनका रिसर्च डिरेक्टर डा. तारा प्रसाद बन्जाडेले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो। )

Scroll to Top