जीपी कोइराला फाउन्डेसन कोरिया शाखाको उद्घाटन

दक्षिण कोरियाको सउलमा जीपी कोइराला फाउन्डेसन कोरिया शाखाको एक भव्य कार्यक्रम बीच उद्घाटन भएको छ l पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित उक्त फाउन्डेसनको दक्षिण कोरिया शाखाको पुर्व उपप्रधानमन्त्री एवम् जीपी कोइराला फाउन्डेसनकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माननीय सुजाता कोइरालाले पानसमा वत्ति बालेर उद्घाटन गर्नु भएको थियो lउक्त कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी सुजाता कोइरालाले जीपी कोइराला फाउन्डेसनको स्थापनाको उदेश्यहरुका साथ साथै यसका गतिबिधिहरुको बारेमा प्रकाश पार्नुका साथै भावी योजनाहरु पनि प्रस्तुत गर्नु भएको थियो l गिरिजा प्रसाद कोइराला सर्वमान्य सबैका साझा नेता भएको हुनाले यो संस्था प्रजातन्त्र प्रति आस्थावन सम्पूर्ण नेपालीहरुको साझा संस्था भएकोले यस संस्थामा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरुको सहभागिता र सहयोगको लागि अनुरोध पनि गर्नु भएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथि एवम् नेपाली दुतावासका कार्यबाहक राजदुत श्री राम सिंह थापा ज्यूले फाउन्डेसनले आफ्नो उदेश्यहरुमा निरन्तर अघि बढ्दै जाने विस्वाश राख्नुका साथै गिरिजा प्रसाद कोइराला एक कुसल राजनेता र कमर्चारीलाई अत्यन्त माया, सद्भाव र सदैव हौशला प्रदान गर्ने व्यक्ति रहनु भएको कुरा बताउनु भएको थियो lउक्त कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, चर्चित पत्रकार ऋषि धमला, जीपी कोइराला फाउन्डेसनका संस्थापक राकेश हमाल लगायत विशिष्ट अतिथि ज्यू हरुले पनि आफ्नो धारण राख्नुको साथै फाउन्डेसनलाइ शुभकामना दिनु भएको थियो ।फाउन्डेसनका कोरिया शाखाका संयोजक डा. अग्नि राज कोइरालाको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा बिभिन्न् पेशा, व्यापार र राजनीतिक दलका भात्रृ संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो lउक्त कार्याक्रममा एन आर एन कोरियाका पुर्व ICC सदस्य प्रकाश धमला, पुर्व अध्यक्ष लक्ष्मी गुरुङ, पुर्व बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङ, नेपाली जनसम्पर्क समितिका पुर्व अध्यक्ष गिरिराज कुँवर, नेपाली जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष जितेन्द्र महताले शुभकामना मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य जीपी कोइराला फाउन्डेसन कोरियाका कार्यकारी निर्देशक राजु केसीले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन डा. किशोर कोइराला ले गर्नु भएको थियो ।

Scroll to Top