जि.पि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न

जि.पि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक बक्तृत्वकला कार्यक्रममा विराटनगर महानगरका ९ बिद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

Scroll to Top