जिपि कोईराला फाउण्डेशनद्वारा क्यालेण्डर सार्वजनिक

 

बागलुङ : गिरिजा प्रसाद कोइराला फाउण्डेशन बागलुङले नयाँ वर्षको २०७८ को शुभकामना सहित क्यालेण्डर सार्वजनिक गरेको छ । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोइरालाको सम्झनामा स्थापना भएको फाण्डेशनले १३० औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुभकामना आदान प्रदान सहित क्यालेण्डर सार्वजनिक गरेको हो । नेपालका मजदुर आन्दोलनमा ठुलो भूमिका खेलेका स्व. कोइरालाको सम्झनामा प्रकाशन गरिएको क्यालेण्डर फाण्डेशनका सल्लाहकार तथा नेपाली काँग्रेस बागलुङका पूर्व सभापति गोविन्द प्रसाद शर्मा कंडेलले सार्वजनिक गरेको हुन । कार्यक्रममा बोल्दै कंडेलले मुलुकका मजदुरहरुका समस्यालाई उजागर गर्न गिरिजा प्रसाद कोइरालाले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले विराटनगर जुटमिल बाट स्व.कोइरालाले मजदुर आन्दोलन गरी उनिहरुको हकहितमा काम गरेको बताए । कंडेलले स्व. कोइराला नेपाली राजनितिका शिखर पुरुषको रुपमा रहेको र उनको सम्झनामा स्थापित फाउण्डेशन सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा फाउण्डेशनका सल्लाहकार दिपेन्द्र बहादुर थापाले मुलुक कोरोनाका कारण झनै संकटमा गएकार र स्व. कोइराला जस्ता शिखर पुरुषको आवश्यक रहेको बताए । कार्यक्रमा पुर्व सभापति एवं फाउण्डेशनका सल्लाहकार प्रकाश शर्मा पौडेल, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्मा लगायले स्व. कोइरालाको योगदान नेपाली राजनितिमा कहिलै भुल्न नसकिने रहेको बताए । कार्यक्रम जिपि फाउण्डेशन बागलुङका जिल्ला संयोजक महेन्द्र प्रसाद शर्मा कंंडेलको अध्यक्षता सह संयोजक जयराम भारीको स्वागत र सदस्य ओमकार थापाको संचालनमा सम्पन्न भएको थियो ।

Scroll to Top