जनसम्पर्क समितिलाई काँग्रेस महाधिवेशनमा मताधिकार दिन हुदैन : सुजता कोइराला

अमेरिका । नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले जनसम्पर्क समितिका प्रतिनिधिलाई काँग्रेस महाधिवेशनमा मतदान अधिकार दिन नहुने बताएकी छिन् । दूरबिन नेपाल सँगको भिडियो कुराकानीमा नेतृ कोइरालाले जनसम्पर्क समितिको विवादको जड महाधिवेशनमा मतदानकै विषय रहेकाले पर्यवेक्षकको रुपमा मात्र सहभागि गराउने पर्ने धारणा राखिन ।
समय अनुसार जनसम्पर्क समितिलाई परिमार्जन गर्नु पर्ने पनि नेतृकोइरालाको भनाई छ । स्थापनाकाल र अहिलेको अबवस्था फरक परेको भन्दै उनले अब पनि नेताहरुलाई विदेशमा सपिङ्ग गराउने र खाना खुवाउनका लागि मात्र जनसम्पर्क समितिको सिमित हुन् नहुनेमा जोड्दिइन् ।
Scroll to Top