गैर आवासीय नेपाली संघको मध्यपूर्वको क्षेत्रीय भेला

 

गैरआवासीय नेपाली संघ  को यस मध्यपूर्व क्षेत्रीय भर्चुअल मिटिंगमा उपस्थित हुनुभएको सम्पूर्ण ब्यतित्वहरुमा हार्दिक  नमस्कार तथा जय नेपाल |यहाहरुले मलाई पनि आमन्त्रण गरि गैर आवासीय नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु संग साक्ष्यत्कार  हुने अवसर दिनु भएकोमा  म आयोजक साथिहरुलाई हार्दिक धन्याबाद भन्न चाहन्छु।

 

हामीहरु अहिले कोभिड महामारीको चपेटामा परिरहेका छौ।  समग्र विश्व नै यो संकटबाट गुज्रीरहेको अवस्थामा नेपाल जस्तो कम आय तथा अन्य विकासका पूर्वाधार र आधारभूत आवस्यकता  पनि अभाब भएका मुलुकहरुमा यसको असर अझै बढी देखिएको छ। कोभिडले स्वास्थ्य क्षेत्र मात्र नभएर हाम्रो  समग्र  राजनीतिक, आर्थिक,  शैक्षिक र  सामाजिक संरचनालाइ नै प्रभावित पारिदिएको छ।  हाम्रो  आम जिबनशैली, रहनसहन, हाम्रा नीति निर्माण गर्ने तौर तरिका तथा परम्परागत शैलीमा आधारित प्रशासनिक संरचनाहरु सबैलाई यस महामारीले प्रश्न चिन्ह लगाइदिएको छ।  के अब पनि हामी अहिलेकै प्रबित्ति बाट नै कोविडजस्ता महामारी तथा अन्य प्राकृतिक बिपत्ति हरु सामना गर्न सक्छौ त भन्ने सबाल गंभिर रुपमा खडा भएको छ। तसर्थ मलाई के लाग्छ भने अब समग्र विश्व नै एउटा नया ध्रुब बाट अगाडी बढ्छ र अहिलेका धेरै कुरा हरु समयानुकुल परिमार्जित हुदै जानु पर्छ जसले हामीलाई एउटा नया अवसर पनि सिर्जना गर्ने छ।

 

यहि सन्दर्भमा म के भन्न चाहन्छु भने अरु सबै आम नागरिक जस्तै  गैर आवासीय नेपाली साथिहरुले पनि यो महामारी संगै धेरै समस्या र चुनौतीहरु को सामना गर्नु परेको छ। आफ्नो देश भित्र रहेको अवस्थामा त यस्ता खालका महामारी हरु सामना गर्न कठिन हुन्छ अझै त्यसमा आफ्नो घर,परिवार,   समाज भन्दा टाढा रहेर एक्लै स्वास्थ्य संग समन्धित यस्तो समस्या सामना गर्न झन् पीडादायक हुन्छ। तसर्थ यस्तो विषम परिस्थितिमा राज्यले एउटा जिबन्त सरकार छ भन्ने महसुस गराउन सक्नु पर्छ तर बिडम्बना ऐले धेरै देशमा नेपालीहरु विभिन्न समस्यामा पर्दा पनि  सरकार जुन रफ्तारमा सहयोग र उद्दारमा लाग्नु पर्ने थियो त्यो नभएर  एउटा मुकदर्शक जस्तो  भएर प्रस्तुत भएको छ।  अझै त्यसमा नेपाली चेली हरुको समस्या झन् जटिल छ।  विभिन्न अबैधानिक तरिकाबाट मानब तस्करी गरि विभिन्न मुलुक पुराइयका नेपाली दिदिबहिनिहरु घरेलु हिंसा लगायत अन्य अमानबीय शोषणमा परेका खबरहरु आइ रहेका छन्।  तर सरकार तथा अन्य जिम्मेवार निकाएहरु यसमा उदासिन देखिएका छन।  तसर्थ सरकार यसमा जिम्मेवार भएर लागोस भन्ने कुरा म यहि फोरमबाट अनुरोध गर्दछु।

मध्यपूर्व क्षेत्र अझै धेरै नेपालीहरुको   निम्ति रोजगारीको प्रमुख गन्तब्य हो। २०१९ को तथ्यांक अनुसार करिब ५ लाख नेपाली मलेसियामा, ४ लाख कतारमा, करिब साढे तिन लाख साउदी अरेबियामा र संयुक्त अरब इमिरेट्समा २ लाख भन्दा बढी नेपाली आश्रित रहेको अनुमान छ। हाम्रो अर्थतन्त्रको  एउटा प्रमुख पिलर  रेमिटान्स नै हो र त्यसमा पनि माथि उल्लेखित देशहरु बाट भित्रिने रेमिटान्सको आकार ठुलो छ। यो महामारी संगै धेरै नेपाली हरुले रोजगारी गुमाएको, धेरैले काम अनुसारको  पारिश्रमिक नपाएको तथा अन्य श्रम शोषण भएका खवरहरु आइ रहेका छन्।

तसर्थ विभिन्न देशमा रहनु भएका जो समस्यामा पर्नु भएको छ उहाहरुलाइ यथासक्य छिटो सरकारले उचित सहयोग गर्नु पर्दछ र  हाम्रो अर्थतन्त्र जुन रेमिटान्समा आधारित छ देश विकासको  निम्ति  त्यो दिगो समाधान होइन तसर्थ हामीले हाम्रो अर्थतन्त्रलाइ उत्पादनमुखी, स्वाबलम्बी प्रकृतिको बनाउन  अहिलेको यो संकटको घडीलाइ एउटा अवसरको रुपमा उपयोग गर्न सक्नु पर्दछ। त्यसको लागि विभिन्न देश हरुबाट फर्कने नेपालीहरु जसले त्यहाँ रहदा  सिकेको सिप, ज्ञान, अनुभब  र पुंजीलाइ अब समग्र  देश निर्माणमा प्रयोग गर्न सक्नु पर्छ।  त्यसको लागि नेपाल सरकारले गैर आवासीय नेपाली संघ  जस्ता  विभिन्न संस्थाहरु संग समन्वय तथा सहकार्य गरेर अगाडी बढ्नु पर्छ र देशको बृहत्तर हितकोलागि गैर आवासीय नेपाली हरुका सल्लाह सुझाबहरु लाइ गम्भीरता पुर्बक लिएर कार्यान्वन गर्नु पर्दछ।

अन्त्यमा यो गैर आवासीय  नेपाली भेलाले यो संकटलाइ कसरि अवसरमा रुपान्तर गर्न सकिन्छ भन्ने कुरा एउटा निचोड निकाल्न सकोस  र नेपाल सरकार संग समन्वय गरि  अगाडी कसरि जाने भन्ने रणनीति बनाई कार्यन्वयन गर्न सरकारलाइ पनि एउटा दबाब सिर्जना गर्न सकोस भन्ने शुभकामना ब्यक्त गर्दै मेरो छोटो भनाइ यहि अन्त्य गर्न चाहन्छु।

धन्यबाद नमस्कार।

 

Scroll to Top