गिरिजा बाबुकाे ११ओँ स्मृति दिवसकाे अवसरमा गिरिजा प्रसाद काेईराला फाउण्डेशन पर्साले आमाकाे माया छात्रावासमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण ।

नेपालका पुर्व प्रधानमन्त्रि तथा नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद काेईरालाकाे ११ओँ स्मृति दिवसकाे अवसरमा गिरिजा प्रसाद काेईराला फाउण्डेशन पर्साले आमाकाे माया छात्रावासमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेकाे छ । फाउन्डेसन पर्साकाे अध्यक्ष माेहम्मद सहाबुदिनकाे अध्यक्षतामा फाउण्डेशले छात्रावासमा रहेका १८ जना बालबालिकालाई नेपाली,अङ्ररेजी र गणितकाे कपी ,कलम,फुटबल र चक्लेट र जुस वितरण गरेका छ । स्व गिरिजा प्रसाद काेईरालाकाे तस्विरमा माल्यार्पन गरि गिरिजा बाबुको जिवनी बारे प्रकास पारि छात्रावासका बालबालिकालाई सामाग्री वितरण गरिएकाे फाउण्डेशन पर्साकि सह सचिव मिन्टु सिहले बताउनु भयो। शैक्षिक तथा खेलकुद सामाग्रि वितरण कार्यक्रममा फाउण्डेशनका सह सचिव मिन्टु देवि सिह,सदस्यद्वय दिलिपराज कार्कि,सन्ताेष सिह,सुनैना मानन्धर लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

Scroll to Top