“गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता” सुरु

“गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता”आजबाट सुरु भएको छ । जहदा गाउँपालिकाको मझारेमा भईरहेको प्रतियोगिताको आज उद्घाटनका साथै दुई खेल सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता अचानु खां गनगाईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरू महेन्द्र मण्डल, जिरालाल मण्डल, जसमिन मण्डल, जितेन्द्र साह, राजकुमार यादव, श्रवण सिंह, गोपाल साहलगायतका व्यक्तित्वहरूको सहभागितामा भईरहेको थियो । उद्घाटन कार्यक्रममा कांग्रेस नेता सलिम अनसारीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।
उद्घाटन समारोहपछि अर्ना बियर टिम विरुद्ध हाटखोला युवा क्लबको पहिलो खेल पेनाल्टीसम्म लम्बिएपछि अर्ना बियर टिमले पेनाल्टिमा १-० गोल अन्तरले जित हासिल गरेको थियो । यसै गरि दौलतपुर युवा क्लब रंगेली विरुद्ध नव वुद्ध युवा क्लब हरिनगराबिच भएको दोस्रो खेलमा १-० गोल अन्तरले दौलतपुर युवा क्लब बिजयी भएको छ ।

Scroll to Top