गिरिजा प्रसाद कोईराला फाउण्डेशन एग्रो टुरिजम रबर ग्राम झापाको आयोजनामा ईतिहास पुरुष जननायक स्व: श्री गिरिजा प्रसाद कोईरालाज्युको ९८ औं जन्म जयन्तिको उपलक्ष्यमा रबर जातका बिरुवा ( वृक्ष) रोपण कार्यक्रम सम्पन्न ।

नेपाली राजनितिका शिखर पुरुष गिरिजाप्रसाद काेईरालाकाे ९८औं  जन्म जयन्तिकाे उपलक्षमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन एग्राे टुरिजम रबर ग्राम झापाकाेअायाेजनामा रबर उत्पादनगरि देशलाई अात्मनिर्भर बनाउने उदेश्यले रबरकाे बिरुवाकाे बृक्षाराेपण सुरुवात गरिएको छ ।सुन्दर निचा झाेडा सामुदायिक वन उपभोक्ता समिती क्षेत्र झापामा भएको कर्यक्रममा रबर जाेन झापा ,रबर सहकारी,रबर उत्पादक संघ नेपालका पदधादिकारि तथा प्रदेश१ सांसद एकराज कार्कि,नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धब थापा, फाउन्डेसनकी महिला विभाग निर्देशक उमा सिवाकोटी, क्षेत्रिय सभापति खगेन्द्र मैनालि,बिर्तामाेड नगर सभापति भाेजराज सिटौला ,स्थानिय वडा जनप्रतिनिधि ,बनका कर्मचारि, सुरक्षा कर्मि लगायत स्थानियबासिकाे सहभागिता थियो । कार्यक्रम गिरिजा प्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम झापाका संयोजक चन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Scroll to Top