गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरंतर नि:शुल्क तरकारी वितरण कार्यक्रम नौओ पटक भोलि सन्निसाईडमा।

 

न्यु-यार्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व तरकारीहरुको वितरण कार्यक्रम भोलि शुक्रवार, जुन ५, २०२० बेलुका ४ बजे गर्दैछ।

सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि-फाए बिइन सँग सहकार्य गरी निशुल्क वितरण गर्न लागिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई ५० बक्स-१०पाउण्ड प्रतेक बक्स, १० बक्स- २०पाउण्ड प्रतेक बक्स गरि जम्मा ७०० पाउण्ड शुद्व तरकारीहरु सहयोग स्वरुप प्रधान गर्नु भएको छ र लगभग नेपाली लगाएत सबै समुदायका मानिस हरुलाई वितरण गर्ने जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।यसपालि सन्निसाईड नेपालीकै पसल ग्रिन तारा अगाडी बाट लाईन अनुसार सामाजिक दुरी मा क्रमश: वितरण गरिने छ।

ठेगाना: Green Tara Inc.
45-62 48th street Woodside ny 11377
मिति: शुक्रवार, जुन ५, २०२० समय: बेलुका ४ बजे

Scroll to Top