गिरिजा प्रसाद कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स ।

आज मिती २०७६ साल चैत्र २९ गते गिरिजा प्रसाद कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न गरियो । जी. पी. फाउन्डेसन रसुवाका अध्यक्ष श्री जनक जीवन उपाध्याय ज्युको संयोजकत्वमा बलराम न्यौपाने, उत्तम थापा, उत्तम पौडेल, प्रसुन राज गुरुङ, ग्यानु बुलुन, मकर तामाङ, राम प्रसाद पौडेल, चन्द्र तामाङ लागायत जी. पी. फाउन्डेसनका पदाधिकारी तथा सदयहरुले भिडियो कन्फरेन्स मार्फत समग्र रसुवा जिल्लामा covid-19 को प्रभाब र दिर्घकाल सम्म हामीले अपनाउन पर्ने सजकताको बिसयमा छलफल गरियो ।
covid-19 कोरोना भाइरसबाट आज सम्म रसुवा जिल्लामा कोही पनि संक्रमित नदिखियको र अझै रसुवा जिल्लामा कोरोना प्रकोप फैलन नदिन सम्पुर्ण जनसमुदायमा बन्दाबन्दी पुर्ण रुपमा पालना गर्न गराउन हुन अनुरोधका साथ निम्न बिषयबस्तु उपर छलफल गरि निर्णय गरियो ।
१. – यस जिल्ला भित्रका फाउण्डेशनका सबै तहका सदस्यहरूको बस्तुस्थिति बुझ्ने काम गरियो र सबै साथिहरूलाई सुरक्षित रहेर समाजसेवामा आफ्नो योग्दान जारी राख्न र सरकारले दिने राहत सामग्री न्यायोचित वितरण र न्युन आय भएका श्रमजीविहरू सम्म पुगे नपुगेको निगरानी राख्न अझैपनि जरूरी भएकाले आ-आफ्नो कार्यक्षेत्रमा सक्रियता पूर्वक क्रियाशिल रहन निर्देशन दिने निर्णय गरियो ।
२. रसुवा जिल्लामा लक डाउन पुर्ण रुपमा पालन गर्न गराउन सफल हुन नसकेको र नाकाबाट केही गाडीको आवत जावत देखिएको, टिमुरेमा केही चिनियाँ नागरिक समेत देखियको जानकारी आएको र बेत्रावती नाकाका चोर बाटोबाट पैदल यात्रु तथा सबारीसाधनको आवत भै रहेको हुँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन समक्ष संयमित भै कडिकडाउ गर्न गराउन संबंधित निकाय समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
३. सडक यातायात बन्द भनियता पनि निर्माण आयोजनाका गाडी तथा सामाग्री ढुवानीको साधनबाट जोखिम देखिएको हुँदा तत्काल सम्पुर्ण निर्माण आयोजनाका सबारीसाधन पनि बन्द गर्न र जिल्लामा लक डाउन सरकारी नियम भन्दा पनि जनहितको लागि गरियको भन्ने संदेश संप्रेसण गर्न आबश्यकता देखीएको हुँदा सरोकार वाला निकायमा अनुरोध गर्ने निर्णय गरियो ।

४. सम्पुर्ण सहयोगी दाताहरु यो बिपतको घडीमा जोडिन र एकद्वार प्रर्णाली ( जिल्ला बिपत्त ब्यबस्थापन समिती, वडा कार्यालय, गाउँ पालिकाको कार्यालय ) मार्फत सहयोगको लागि अपिलको लागि अनुरोध गरियो ।
५. रसुवा जिल्लाका धुन्चे लगाएतको क्षेत्रमा ज्वरोको बिरामी देखिएको सुन्नमा आएको हुँदा तत्काल स्वास्थ परिक्षणको यथोचित ब्यबस्थापनको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन पहल गर्ने निर्णय गरियो।
६. कोरोना भाइरसको महामारीसंग जुध्नका लागि आवाश्यक पर्ने अर्थको व्यबस्थापन राज्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट, प्रदेश र संघिय सांसदको, संसद विकास कोषको बजेट रकमान्तर गर्नुका साथै स्थानिय निकाय देखि संघिय सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति र पूर्व विशिष्ट सम्मको तलब भत्ता र सुविधाबाट कम्तिमा 40% कटौति गरेर व्यबस्था गर्न अनुरोध गर्ने निर्णय गरियो ।
७. कोरोनाको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई आवाश्यक व्यक्तिगत सुरक्षा सामाग्रीका साथै स्वास्थ्यकर्मी र सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न तलब भत्तामा शतप्रतिशत वृद्धी गर्नका लागि जोडदार माग गर्ने निर्णय गरियो ।
८. यो समय सरकारको उपस्तिथि ठुला कमिसन खाने, कर्मचारीहरु बिपत्तिको नाममा भत्ता बढाउने र स्थानिय निकाय राहतको नाममा कमिसनको खेतीमा लागेको भन्ने व्यापक जनगुनासो आएको हुँदा यस्तो नगर्न र नगराउनहुन अनुरोध गरिन्छ । साथै राहत बितरण न्यायोचित र पारदर्शी रुपमा बितरणका लागि अनुरोध गर्दै आबश्यक परेमा जी. पी. फाउन्डेसनले समन्वयकारी भुमीका निर्बाह गर्न सहयोग गर्ने निर्णय गरियो ।
९. कोरोना भाइरस बाट बच्न नेपालका आउने हवाइ तथा स्थल मार्ग पुर्ण रुपमा बन्द गर्न र चीन तथा भातरबाट नेपाल छिर्ने सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गर्न जोडदार माग गर्ने निर्णय गरियो ।
१0. जी. पी. फाउन्डेसनले बिपत ब्यबस्थापनमा सहयोग गर्ने हेतुले “COVID-19 बिपत ब्यबस्थापन सुचना तथा समन्वय केन्द्र-रसुवा ” संचालन गर्ने र संकास्पद बिरामीको स्वास्थ परिक्षण र राहात बितरण जस्ता बिषयमा समन्वयकारी भुमिका निर्बाह गर्ने निर्णय गरियो ।

धन्यबाद !

उत्तम पौडेल
सह सचिब एबम सुचना तथा प्रविधि संयोजक
जी.पी. फाउन्डेसन रसुवा परिवार

Scroll to Top