गिरिजा प्रसाद कोइराला फाउन्डेसन चितवन द्वारा ११ औ स्मृति दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आयोजना।

नेपाली राजनितिका शिखरपुरुष,नेपाली काग्रेसका तत्कालिन सभापति तथा पुर्व प्रधानमन्त्री श्रद्धेय गिरिजा प्रसाद काेईरालाकाे ११अौं स्मृति दिवस जिपि काेइराला फाउण्डेशन चितवनका संयाेजक कमल अाचार्यकाे सभापतित्वमा अाज सम्पन्न भयाे।समाराेहमा विशिष्ठ अतिथि फाउण्डेशनका केन्द्रीय सदस्य तथा गिरिजावावुका वैदेशिक मामिला सल्लाहाकार सुरेश चन्द्र चालिसेज्युले गिरिजावावुले मुलुककाे हितमा लिनुभएका निर्णयहरु श्रव्य दृष्यका माध्यमवाट प्रस्तुतिकरण गर्नुभयाे,जसलाई सहभागिले उत्सुकता पुर्वक हेर्ने र सुन्ने कामगरे।गिरिजावावुकाे स्मृतिदिवस पारेर गरिएकाे कार्यक्रममा प्रमुखअतिथि जितनारायण श्रेष्ठ,पुर्वसभापतिहरु टेक प्रसाद गुरुङ,शेषनाथ अधिकारी,रामकृष्ण घिमिर,काँग्रेसकाजिल्ला सचिव राजिव न्यौपाने,महासमिति सदस्य भिम प्रसाद थपलिया,वाग्मति प्रदेश सभा सदस्य गिता वाग्ले लगायतले गिरिजावावुलाइ स्मरण गर्दै श्रद्धाञ्जली दिनुभयाे।फाउण्डेशनका जिल्ला सचिव गाेपाल दराईले सन्चाल गरेकाे कार्यक्रममा क्षेत्रिय सह संयाजक विष्णु भट्टले स्वागत मन्तव्य राख्नु भयाे।
See translation
Laxman Thapaliya and 324 others
95 comments
12 shares
Like

Comment
Share
Scroll to Top