गिरिजा प्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष श्री सुजाता कोइराला द्वारा लुम्बिनीमा शान्ति दिप प्रज्वलन तथा बुटवलमा आयोजित विचार गोष्ठी कार्यक्रममा ब्यक्त धारणा ।

गिरिजा बाबुको ११ औ स्मृति दिवसको सन्दर्भमा आयोजित यस विचार गोष्ठी कार्यक्रमका  सभापति ज्यु, बिशिष्ठ अतिथि ज्युहरु, नेपालि कांग्रेसका आदरणीय नेता साथिहरु, गिरिजा  प्रसाद कोइराला फाउन्डेसनको विभिन्न तहमा जिम्मेवारी सम्हालीरहनु भएका साथीहरु तथा उपस्थित सम्पूर्ण महानुभाबहरुमा हार्दिक जय नेपाल ।

गिरिजा बाबुको ११ औ स्मृति दिवस पारेर गिरिजा प्रसाद कोइराला फाउन्डेसन रुपन्देहीले निकै नै महत्वपुर्ण कार्यक्रम आयोजना गरेको छ। विश्व शान्तिको केन्द्र भुमि, गौतम बुद्धको जन्मस्थल, लुम्बिनी मायादेबी मन्दिर परिसरमा  हिजो साँझ भएको   दिप प्रज्ज्वलन  कार्यक्रम र आजको यो विचार गोष्ठी कार्यक्रममा मलाई आमन्त्रण गर्नु भएकोमा आयोजक साथिहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु।

मलाई सधै नै याद आइरहन्छ गिरिजाबाबुको  लुम्बिनी क्षेत्रसंग बिशेष र महत्वपुर्ण सम्बन्ध थियो। लुम्बिनीको बृहत्तर बिकासको लागि सधै नै चासो राखी रहनुहुन्थ्यो। सम्पूर्ण बुद्ध धर्मालम्बीहरु को आस्थाको केन्द्रको रुपमा रहेको तथा नेपालको धार्मिक तथा पर्यटनको   प्रचुर सम्भावना रहेको लुम्बिनी क्षेत्रलाइ हामीले जति प्राथमिकता साथ अगाडी बढाउनु पर्ने थियो त्यो हुन नसकेकोमा गिरिजा बाबु सधै त्यसलाई कसरि तिब्र गतिमा विकास गरेर अन्तरास्ट्रिय आकर्षणको केन्द्र बनाउन सकिन्छ भनेर क्रियासिल रहनुहुन्थ्यो। दोस्रो विश्वयुद्द पछि विश्व शान्तिको कामना गर्दै एक जापानी भिक्षु फुजी गुरुजीले सन् १९४७ (1947) मा विश्वका विभिन्न ठाउहरुमा शान्ति स्तुपा निर्माण गर्ने घोषणा गर्नु भयो र पहिलो बिश्व शान्ति स्तुपा सन् १९५४ (1954) मा जापानको कुमामोतोमा उद्घाटन भएको थियो। जापानको हिरोसिमा र नागाशाकीमा एटम बम प्रहार पछि मानब जिबन र भौतिक संरचनामा ठुलो क्षति भयो र विश्व  शान्ति स्थापना एउटा प्रमुख मुद्धा बन्न पुग्यो। सोहि शिलशिलामा भिक्षु फुजी गुरुजीको विश्व शान्ति स्तुपा निर्माण अभियान अन्तर्गत शान्तिका अग्रदुत गौतम बुध्दको जन्मस्थल लुम्बिनीमा पनि बनाउदा लुम्बिनी क्षेत्रको पहिचान अन्तरास्ट्रिय स्तरमा फैलने र विश्वपर्यटनको केन्द्र बनाउन थप टेवा पुग्ने मनसायले गिरिजाबाबु ले सो योजनालाइ अगाडी बढाउन सहायोग  गर्नु भयो र सन् १९९३ मा उद्घाटन गर्नु भयो।

त्यसै गरि विश्व शान्तिको केन्द्रको रुपमा लुम्बिनीलाइ विकास गर्न थप पहल होस् भनेर र संसार भरि बौद्ध धर्म गुरुहरु मार्फत प्रचार गर्न र बिस्वभरि संदेश प्रबाह होस् भनेर विश्व बौद्ध सम्मेलन आयोजना गर्न स्थानीय समितिहरुलाइ निर्देशन दिनु भयो जुन सम्मेलनको उद्घाटन  सन् २००१ मा गर्नु भएको थियो। बृहत लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्नको लागि पनि पहल गर्नु भयो |

 

मुलुकले हाल भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली काँग्रेसले नै खोज्नु पर्दछ  । काँग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएले  सहमती सहकार्य र एकताबाटै मुलुकलाइ सहि दिशा दिन काँग्रेसले नेतृत्वदायी भुमिका खेल्नु जरुरि छ ।

कम्युनिष्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा आएको  छ ।

 

कम्युनिष्ट पार्टीहरुमा सहमती, सहकार्य र एकताबाट मुलुकलाइ अगाडी बढाउने एजेण्डा र नेता नै छैन तसर्थ कम्युनिष्टहरुको सर्बसत्ताबाद र अधिनायकबादका बिरुद्ध काँग्रेस भित्र पनि सहमती र एकता आवश्यक छ । मुलुकलाइ सहि दिशा दिन अन्तराष्ट्रिय शक्तिहरुको पछि नलागी उनीहरुलाइ आफनो बाटोमा हिँडाउन राजनीतिक दलहरु सक्षम हुनुपर्दछ ।

‘स्वर्गीय गिरीजाप्रसाद कोइरालालाइ पनि विदेशी शक्तिहरुले सुझाव दिन खोज्थे तर उहाँले हामीले लिएका नीति यो अर्थमा मुलुकको हितमा छन भनेर उनीहरुलाइ कन्भिन्स गर्नुहुन्थ्यो र बाहय शक्तिले हस्तक्षेपकारी भुमिका खेल्न सक्दैनथे । हामी उनीहरुको बाटोमा हैन हाम्रो बाटो उनीहरुलाइ देखाउनु पर्छ भन्नुहुन्थ्यो ।

त्यसै गरि रुपन्देहीकै सुरजपुरा घटना जुन गिरिजाबाबुको हत्या गर्ने षड्यन्त्र अनुरुप घटाइएको थियो त्यो इतिहासपनि जोडिएको ठाउ हो यो। यहाँ उपस्थित नेपालि कांग्रेसका धेरै आदरणीय साथिहरु त्यो घटना संग प्रतक्ष्य परिचित हुनुहुन्छ। मलाई के लाग्छ भने सुरजपुरा घटना तथा हाम्रो राष्ट्रिय गौरबकै महत्वपुर्ण स्थल रहेको क्षेत्र हुनुले पनि गिरिजा बाबुलाइ यो क्षेत्र को धेरै माया र आस्था थियो जस्तो लाग्छ।  उहालाई अत्यन्त माया गर्ने र उहालाई राजनीतिक रुपमा पनि पूर्ण साथ् र सहयोग दिने साथि हरु यहि बुटवल क्षेत्रबाट हुनुन्थ्यो र उहाले समय समयमा भन्नु हुन्थ्यो मलाई बिराटनगर जादा जसरि आनन्द महसुस गर्छु त्यसै गरि लुम्बिनी र बुटवल क्षेत्रजादा पनि  पारिबारिक बाताबरणको महसुस हुन्छ।

गिरिजा बाबुले देशमा चलिरहेको हत्या र हिंसाको जुन दर्दनाक अवस्था थियो त्यसलाइ बार्ताको  माध्यम बाट जसरी निकास दिएर देशमा शान्ति स्थापना गराउनु भयो, उहाको स्मृतिमा विश्व शान्तिको केन्द्र भुमि लुम्बिनीमा  दिपप्रज्ज्वलन कार्यक्रम मार्फत जसरि फाउन्डेसन रुपन्देही शाखाले जुन सन्देश  दिन खोजेको छ त्यो एकदमै महत्वपुर्ण र  सान्दर्भिक छ।  गिरिजा बाबु, लुम्बिनी र शान्ति विभिन्न काम र इतिहासले गर्दा कनेकटेड बिषयहरु हुन् तसर्थ आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमहरुलाइ निरन्तरता दिनु हुने छ भन्ने बिश्वास ब्यक्त गर्दै  आयोजक साथीहरुलाइ सफल कार्यक्रमको लागि हार्दिक बधाई तथा पुन धन्यबाद ज्ञापन गर्दै मेरो सानो भनाइ यहि अन्त्य गर्न चाहन्छु।  धन्यबाद| जय नेपाल।

सम्बन्धित समाचार link  हरु

https://sarokarnews.com

www.newnagariktv.com

https://baahrakhari.com/

https://www.lokpath.com/

https://hamrakura.com/

6 https://ktmdainik.com

https://nagariknews.nagariknetwork.com

 

Scroll to Top