गिरिजा प्रसाद कोइराला फाउन्डेसनद्वारा रबर प्लान्टमा जोड ।

सहमति, सहकार्य र एकता दिगो शान्तिका आधार, कृषि, पर्यटन र प्राकृतिक स्रोत दिगो बिकासका आधार, भन्ने गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नीति बमोजिम सुनसरी जिल्लाको इटहरी र धरानमा फाउन्डेसनका जिल्ला कार्यसमितिका पदाधिकारी ज्युहरु, नेपाली काङ्रेस जिल्ला कार्यसमितिका साथीहरु, महासमिति सदस्य ज्युहरु, नेपाल किसान संघ नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ पदाधिकारी ज्युहरु संग फाउन्डेसनका आगामी योजना र कार्यक्रम बारे छलफल भएको छ ! साथै मोरङको गोठगाउँमा रहेको जी पि कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरका क्याम्पस प्रमुख ज्यु संग फाउन्डेसन तथा IRJR-Nepal बिच बिबिध सहकार्यको बिषयमा छलफल भएको छ ।

साथै, गिरिजा प्रसाद कोईराला फाउन्डेसनको आगामी योजना र कार्यक्रम बारे झापाको बुधबारे, दमक, बिर्तामोडमा नेपाली काङ्ग्रेस नेता तथा पुर्बान्चल कृषि क्याम्पस प्रमुख अनिल कृष्ण प्रसाइजी, पुर्ब कृषि राज्य मन्त्री सरिता प्रसाईंजी, फाउन्डेसन झापा सम्योजक बुद्धि न्यौपानेजी, सचिब महेन्द्र भट्टराई जी, बुद्धशान्ती गाउँपालिका नेपाली काङ्ग्रेस सभापति चन्द्र अधिकारीजी, सिताराम बास्तोलाजी लगायत स्थानीय रबर खेती गरिरहनु भएका साथीहरू सङ फाउन्डेसन र IRJR-N का तर्फबाट छलफल, रबर फर्म बारे जानकारी आदानप्रदान भएको छ ।

 

Scroll to Top