गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आज अगस्ट १४,२०२० का दिन सातौँ पटक निःशुल्क शुद्व-दुध वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आज सातौं पटक नि:शुल्क शुद्व दुध वितरण कार्य सम्पन्न गर्यो।
न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरु मार्फत ५ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।
आज सम्म फाउण्डेशनले लगभग ११ हजार ग्यालन अर्थात्  ४१ हजार ६३५ लिटर शुद्व दुध क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरु मार्फत वितरण गरी सकेको छ।
रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। उनले यसै फाउण्डेशनलाई फेरि ५ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा ९६० ग्यालन अर्थात् ३,६३३ लिटर शुद्व दुध सहयोग स्वरुप प्रदान गरेका थिए भने विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १३ वटा कार लिएर वेरहाउसबाट शुद्व दुध आफैं उठाएका थिए ।
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत २६० ग्यालन दुध, ने.काँ. युवा नेता अनिल पाण्डे मार्फत २५० ग्यालन दुध, ने.का. युवा नेता प्रेम क्षेत्री मार्फत ६० ग्यालन दुध, ल्याटिनो अमेरिकन का वान गोन्जालेज मार्फत १०० ग्यालन दुध, पल्जु शेर्पा मार्फत ४० ग्यालन दुध, गोर्खा समाज अमेरिकाका सदस्य प्रदीप लामिछाने मार्फत ४० ग्यालन दुध, लाएन्स क्लव क्वीन्स बुद्वका उपा-अध्यक्ष बुद्व पौडेल मार्फत १५२ ग्यालन दुध, राजेश कार्कीलाई ४० ग्यालन दुध गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले हस्तान्तरण गरेको थियो भने बाँकी दुध यसै फाउण्डेशनका केन्द्रीय सदस्य सुर्य सिमखडाले वितरण गर्नु भएको थियो।
फाउन्डेसनको निःशुल्क शुद्व दुध वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र  केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु क्रमशः ने.का. युवा नेताहरु क्रमशः राजेश आचार्य, पंकज सुब्बा, प्रेमलाल बुढा मगर, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझी लगायत खटिनु भएको थियो।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।
Scroll to Top