गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीका अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले “नेपालको वर्तमान राजनैतिक घटनाक्रम र गिरिजाप्रसाद कोईराला” विषयक डिजिटल अन्तरक्रिया कार्यक्रम

 

शुक्रबार आयोजित डिजिटल कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य, पुर्व उप-प्रधानमन्त्री एवम् जि. पी कोइराला फाउण्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले सहमति सहकार्यको पाटो नेपाली राजनीतिमा जीवित राख्नुपर्ने बताएकी छन् । देशमा भइरहेका पछिल्ला गतिबिधिले लोकतन्त्र,प्रजातन्त्र खतरामा पर्ने तर्फ शंकेत गर्दे नेतृ कोइरालाले यसका लागि कांग्रेस सचेत बन्नुपर्ने बताइन। फाउण्डेसनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले गिरिजा प्रसाद कोइराला फाउण्डेशन लाई संस्थागत गर्दै लोकतन्त्र, शान्ति र विकास का लागि कार्य योजनाहरु तय गर्दै अघि बढेको छ भन्दै अब छिट्टै गिरिजा वावुको जीवनी बारे पुस्तक प्रकाशन हुनेछ भनि घोषणा गरिन।
यस्तै नेपाली कांग्रेस केन्द्रीय सदस्य डां शेखर कोइरालाले इतिहासमै राष्ट्रियता अत्यन्त कमजोर भएको बताएका छन् । राष्ट्रियता देख्दा बढेको जस्तो लागे पनि तथ्यगतरुपमा त्यसो नभएको दाबी गरे । बर्तमान सरकार भ्रष्ट भएको र गलत कामको प्रोत्साहनमा निरन्तर लागेको आरोप लगाए । अब प्राप्त उपलब्धी रक्षाका लागि कांग्रेस जुट्ने बेला आएको बताए ।
कार्यक्रममा अमेरिका नेपाल निति अनुसन्धान केन्द्रका अध्यक्ष डा. राजन पन्त , पुर्व राजदुत डा. दिनेश भट्टराई, मिसोरी केन्द्रीय विश्वविद्यालय प्राध्यापक डा. केशव भट्टराई , बरिष्ठ पत्रकार तथा लेखक हरी अधिकारी लगायतका बक्तहरुले आ आफ्ना धारणा राखेका थिए ।
श्रध्दाञ्जलि दिने क्रममा यसै फाउण्डेशनका उपाध्यक्ष द्वय शुवर्ण लामा र रामजी मरासिनी, केन्द्रीय सदस्य विनोद थापा, ने.का. कास्की कि कोशाध्यक्ष लक्ष्मी पाण्डे, ने.वि. सघं पुर्व केन्द्रीय सदस्य ज्ञानल थापा, जि.पी. कोइराला फाउण्डेसन मोरङका संयोजक कौशल निरौंला लगायत हुनुहुन्थीयो।
डिजिटल अन्तरक्रिया कार्यक्रमको संयोजन जी. पी. कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए ।

 

Scroll to Top