कोभिड १९ को अन्योलले नेपालमा समस्या या सम्भावना अबको नेपालमा युवाको नेतुत्व प्रभावकारी या यथास्थिति कार्यक्रम

युवा नेतृत्व के का लागि ? केवल पद प्राप्तिका लागि वा नया भिजन, कार्यदिशा र विचारको लागि ?

युवा नेतृत्व र जिम्मेबारीका निम्ति अग्रज पुस्ताले पनि युबा हरु लाइ रचनात्मक कार्यक्रम हरु मा भूमिका दिनु पर्दछ र युवाहरु ले पनि जिम्मेवारीलाइ कुशलातापुर्बक निर्वाह गर्नु पर्दछ। युवा पुस्ता पनि सधै नेतृत्वको आसिर्बाद पाएर मात्र नेता बन्छु भन्ने तिर नलागेर आफ्नो कर्म र सङ्गठन गरेर नेतृत्वमा स्थापित हुन तिर लाग्ग्नु पर्दछ।

बिशेष गरेर नेपाली कांग्रेस पार्टीमा समयमै बिद्यार्थी संगठन तथा तरुण दल को अधिबेशन हुन नसक्दा नेतृत्व विकासमा असर परिरहेको छ र पार्टी संगठन झन् कमजोर भएको छ।  तसर्थ उर्जाशील युवा पुस्तालाइ चलायमान गराउन र त्यो उर्जालाइ पार्टी संगठन तथा समग्र देश बिकाशमा लगाउन नियमित अधिबेशन हरु गरेर युवाहरु लाई नेतृत्व हस्तान्तरण गर्दै जानु पर्दछ।

फेरी उमेरले मात्र युवा तर नया  सोच, विचार र गतिशिलता भएन भने त्यसको पनि केहि अर्थ हुदैन।  एउटा युवामा निरन्तर काममा खट्न सक्ने लगाब र क्षमता हुनु पर्दछ जसरि गिरिजा बाबुले जिबनको उतरार्ध सम्म पनि युवा जोस र जागरका साथ  निरन्तर काममा लागिरहनुहुन्थ्यो त्यो उर्जा र साहसबाट सबै युवा हरुले सिक्नु पर्दछ। गिरिजा बाबु त्यो उमेर सम्म पनि जिल्ला जिल्लामा आफै पुगेर संगठन निर्माण गर्नुहुन्थ्यो तर आज त्यो स्पिरिटमा संगठन कसले गर्ने ? र त पार्टीको आज यो अवस्था भएको छ।  तसर्थ मा यहाँहरु सम्पूर्ण युवा नेतृत्व हरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु अब तपाईहरुको काधमा  पार्टीको जिम्मेबारी छ, अहिलेको पार्टी नेतृत्व बाट अब पार्टी बाच्न सक्दैन त्यसैले तपाई हरुले अब नया विचार र एजेन्डा लिएर संगठन निर्माणमा लाग्नु भएन भने पार्टी इतिहासमा सिमित हुने छ।

 

मैले युवाहरुमा पनि केहि कमजोरी हरु देखेको छु।  संगठन निर्माण, अध्ययन अनुसन्धान र उधमशिलता  भन्दा सधै नेताहरु को वरिपरि रहने, सृजनात्मक काम नगर्ने जस्ता क्रियाकलापले अगाडीको अवस्था झन् बिकराल हुन सक्छ।  जसले स्वयम् युवाहरु को उर्जाशील समय खेर गैरहेको हुन्छ र देशले पनि जुन उपलब्धि पाउनुपर्ने हो त्यो पाएको हुदैन र हाम्रो समग्र बिकासको प्रक्रियाको गति नै अबरुध्ध हुन्छ।  तसर्थ नया विचार नया जोश र जागरका साथ हामिहरुले काम गर्न सकेमा देशमा रहेको बिशाल युवा जनशक्ति र नेतृत्वले देशलाई एउटा नया युगमा प्रवेश गराउन सक्छ।

Scroll to Top