गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशन द्वारा आयोजित “ नेपाली कॉंग्रेस को चौंधौ महाधिवेशन र महिला नेतृत्व “ बिषयक ने. का. महिला केन्द्रीय सदस्यहरू बीच छल-फल कार्यक्रम ।

 

 

काठमाडौँ, २० कात्तिक । नेपाली काँग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी काँग्रेस महिला केन्द्रीय सदस्यहरुले काँग्रेसको केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले महिलाको हक, हित स्थापित गर्ने काँग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म पदाधिकारीमा महिलालाई एक तिहाइ समावेश गर्नुपर्ने बताउनुभयो । “देशको हरेक परिवर्तनका संवाहक महिला हुन्, महिलालाई पार्टीले विशेष स्थान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

link : https://kaligandakikhabar.com

Scroll to Top